२०८३ असार १८ गते, बिहीबार २०:५३

प्रहरी हेडक्वाटरमा चक्कु प्रहार, चार प्रहरीको मृत्यु

एजेन्सी । फ्रान्सको राजधानी पेरिसस्थित प्रहरी हेडक्वाटरमा भएको आक्रमणमा चार प्रहरी अधिकारीको मृत्यु भएको छ ।

आक्रमणकारीले प्रहरीमाथि चक्कुले प्रहार गरेका थिए । चक्कु प्रहारबाट थप केही प्रहरी अधिकारी समेत घाइते भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।

आक्रमणकारी प्रहरी कारवाहीमा मारिएको बताइएको छ। के कारणले आक्रमण भएको हो खुल्न सकेको छैन।

 

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM