Thursday, July 25, 2024
घरसमाचारखेलकूदखुल्ला फुटबल प्रतियोगितामा किङ्गकम स्पोर्टस क्लब ए बिजयी

खुल्ला फुटबल प्रतियोगितामा किङ्गकम स्पोर्टस क्लब ए बिजयी

-स्वर्ण बिक्रम शाह
शुभारम्भ युथ क्लब द्वारा आयोजित शुभारम्भ 7 ए साईड खुल्ला फुटबल प्रतियोगिता हिजो ३ खेल भएको थियो । शुरुमा किङ्गकम स्पोर्टस क्लब ए र गोलस् फुटबल एकेडमी बिच भएको थियो । उक्त खेलमा किङ्गकम स्पोर्टस क्लबले आफ्नो बिपक्षी टिमलाई १ का बिरुद्ध २ गोलको अन्तरले पराजित गर्यो । किङ्गकमका तर्फबाट पहिलो हाफमा जर्सि नं ७ का बिकाश राईले सानदार गोल प्रहार ग्रदै १ गोलको अग्रता लिएको थियो । गोलस् फुटबलका सुरेन शाहीले दोश्रो हाफमा गोल गर्दै बराबरीमा लेराए पनि किङ्गकमका जर्सी नं ९ का विशेष राईले अर्को गोल गरि अाफ्नो टिमलाई बिजयी गराए ।

त्यसै गरि दोश्रो खेल सासा टिम र किङ्गकम स्पोर्टस क्लबका बिच भएको थियो । यश खेलमा सासा टिमले आफ्नो बिपक्षी टिम किङ्गकमलाई ० का बिरुध्द २ गोलको अन्तरले पराजित गर्न सफल भयो । हिजै भएको अन्तिम खेल भने बिजय चोक स्पोर्टस क्लब र नव युवा जागरण बिच भएको थियो । उक्त खेलमा बिजय चोकले १ का बिरुध्द २ गोल प्रहार गरि बिजय हासिल गर्यो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -