२०८३ बैशाख १ गते, मंगलवार १२:१८

आकर्षण, सौन्दर्य र विकासका बाधक तत्वहरुः सडक विस्तारका अवरोधक


– सन्तोष मिश्र

६५ वर्ष अघि निर्माण शुरु भएको त्रिभुवन राजपथ भारतको रक्सौल र नेपालको राजधानी काठमाण्डौ जेड्ने पहिलो र पुरानो सडक हो । वीरगंजको हालको मेनरोडमा पहिले रेलवे लिक थियो । रेलवे लिक अन्यत्र सारेर सडक कायम गरेपछि वीरगंज बजारको विस्तार भएको हो । सडकको दुबै किनारमा घर टहरा निर्माण भई व्यापार व्यवसाय शुरु भएको हो ।

व्यापारिक मार्ग विस्तार योजनाले पथलैया–वीरगंज–रक्सौल सडक खण्ड फराकिलो पार्दैछ । २०३४ साल असार २० गते सरकारले जारी गरेको परिपत्र अनुसार हालको सडकको मध्यविन्दूबाट दुबै तर्फ २५/२५ मिटर फराकिलो पारिने छ । सडकको जग अतिक्रमण गरी, निर्धारित मापदण्ड विपरित निर्माण गरिएका सबै घर–टहरा मुआब्जा र क्षतिपूर्ति बिना नै भत्काउने अधिकार सरकारसँग छ । वातावरणीय अध्ययन र डिपिआर तयार गरी व्यापारीक मार्ग विस्तार योजना सडक फराकिलो पार्न दुबै तर्फ २५/२५ मिटरका भौतिक संरचना भत्काएर सडक निर्माण कार्ययमा जोडतोडले जुटेको छ ।

निर्माणको ठेक्का लिएका ठेकेदारहरूको लापरवाहीका कारण निर्माण कार्यमा केही ढिलाइ भएको सो योजनाले जनाएको छ । भारतको रक्सौलबाट शुरु भएको त्रिभुवन राजपथ चीनको व्यापारिक नाका धुन्चे नुवाकोटको रसुवागढी र सिन्धुपालचोकको तातोपानी–खासासम्म जोडिएको छ । माष्टर प्लान अन्तर्गत नेपालभरीकै सडक योजना मध्ये नमूना सडक बन्ने छ । पथलैया–रक्सौल सडक नेपाल–भारत मितेरी पूला सिर्सिया नदिमाथि ५० मिटर चौडाईको सिग्नेचर ब्रिज सार्क देशकै पहिलो नमूना पुल बन्ने छ । रक्सौल बोर्डरदेखि पथलैया सम्मको सडक पूरै हरियाली हुनेछ । मानिसहरूलाई सडक काट्ने सुविधाकालागि आवश्यक सबै स्थानमा ‘ओभर हेडव्रिज’ निर्माण हुनेछन् । सडकका विभिन्न स्थानमा व्यवस्थित सवारी पार्किङ निर्माण हुनेछ । पथलैया–रक्सौल बोर्डरसम्म २६.४४ किमिमा ६ लेनको सडक र ५ मिटरको फुटपाथ रहने छ ।

वर्षातको समयमा एकथोपा पानी पनि नजम्ने गरी सलल पानी बग्ने ढल निकास रहने छ । यो सडक खण्ड निर्माण भएपछि युरोप शहरको मापदण्डमा आधारित दक्षिण एसियाकै नमूना सडक हुनेछ । सडकको निर्माण कार्य सम्पन्न भएपछि १० टन प्रति एक्सल भन्दा बढी लोड भएका हेभी गाडीहरु छिर्नै नदिने कडा नीति बनाएर सडकको अवस्था छिट्टै बिग्रिन दिइने छैन ।

सडकको बीच भागमा मानिस र गाइवस्तु जताततै जान नै पाउँदैनन् । डिजाइन, इष्टिमेट अनुसार सडकको दुबै तर्फ २५/२५ मिटर अनिवार्य छ । ग्रिन वेल्ट, मिडियम, फोहोर मैलाको उचित व्यवस्थापनले गर्दा यो सडक वीरगंज महानगरको सौन्दर्यता र आकर्षणको प्रतीक बन्ने छ ।

विदेशी ऋण र अनुदानबाट होइन नेपाल सरकारको आफ्नै बजेट करिब ७ अर्बको लागतमा निर्माणाधीन पथलैया–रक्सौल सडक समृद्ध तराइ–मधेशको नारा दिनेहरूकालागि अहिलेसम्मकै नमूना सडक निर्माणले गर्व र गौरवको विषय बन्ने छ ।

सडक फराकिलो पार्ने क्रममा सडक मापदण्ड विपरित सडकको जग्गा अतिक्रमण गरि बनाइएका सबै टहरा धमाधम भत्काइंदै छन् । व्यक्तिहरू आफैंले नभत्काए डोजर लगाएर भत्काइंदै छ । घण्टाघरदेखि वीरगंज भन्सारसम्म सडक अतिक्रमण गरी बनाइएका भौतिक संरचना भत्काउनमा विवाद उत्पन्न भएको छ । वैकल्पिक सडकहरू भएकाले वीरगंज महानगरपालिकाको मेन रोडको घर भत्काउनै हुँदैन, भत्काउने भए १५/१५ मिटर भन्दा बढी भत्काउन जरुरत नरहेको, वीरगंज बजारको मौलिकता र अस्तित्व नै नष्ट गर्न खोज्नु राम्रो होइन, घर भत्काउन अघि मुआब्जा दिनु पर्दछ आदि इत्यादी तर्क, कुतर्क, चर्चा, परिचर्चा चलिरहेको छ ।

सडक मापदण्ड विपरित बनाइएका भौतिक संरचनाहरू भत्काउन थालिएपछि सम्बन्धित व्यक्ति, सरोकारवालाहरू, छटपटिएर विभिन्न पार्टीका नेता र मन्त्रीहरुलाई निर्माण कार्य स्थगित गराउन चलखेल गरिरहेका छन् ।

अन्तर्राष्ट्रिय सीमासँग जोडिएको पथलैया–रक्सौल व्यापारिक मार्ग पुरानो त्रिभुवन राजपथलाई सडक मापदण्ड अनुसार फराकिलो पार्दा वीरगंजको अस्तित्व समाप्त हुने होइन, वीरगंज महानगरलाई अत्याधुनिक शहर निर्माण गर्न ठूलो मद्दत मिल्दछ । नेपालको जेठो सडक फराकिलो भए वीरगंज महानगरको आकर्षण र सौन्दर्यता बढ्दछ । आधुनिक शहरको पहिचान कायम हुन्छ । यथास्थितिमा नै वीरगंज शहरलाई राख्ने हो भने केही भन्नु छैन । आधुनक शहर, सुन्दर शहर निर्माण गर्ने हो भने आएको अवसरलाई कसैले पनि अवरुद्ध पार्नु हुँदैन । यसलाई वुद्धिमानी पनि मानिंदैन । पुराना थोत्रा संरचना नभत्काएसम्म नयाँ आधुनिक भौतिक संरचना निर्माण गर्न सकिंदैन । विकास गर्ने सिलसिलामा केही विनाश हुन्छ नै ।

विकास र परिवर्तनको अर्थ नै दिगो विकास, आधुनिक विकास, व्यवस्थित विकास हो । दिगो, आधुनिकता, व्यवस्थित र सौन्दर्यतालाई आधार मानेर सबै आकर्षित हुने वीरगंज मेनरोड निर्माण हुन लाग्दा विरोध हुनु, व्यवधान खडा गर्नु, विकासात्मक अपराध हो । वीरगंजको मेनरोड फराकिलो पार्नु अनिवार्य आश्वयकता र वाञ्छनीय कार्य हो । यसको विकल्प खोज्नु भनेको वीरगंजलाई पुरानै अवस्थामा राख्न, विवस बनाउनु हो । विकास निर्माणमा प्राथमिकता दिनु पर्दछ । आर्थिक विकासको मेरुदण्ड बन्न सक्दछ सडक निर्माण आफूलाई जनताको प्रतिनिधि, नेता भनेर चिनाउनेहरूले एउटै दृष्टिकोण, सकारात्मक विकासको धारणा र सोही अनुरुपको व्यवहार प्रस्तुत गर्नु पर्दछ । दोहरो मापदण्ड, दोहरो चरित्र, दहिच्यूरे प्रवृत्तिलाई राम्रो मान्न सकिंदैन ।

असल नेता र जनप्रतिनिधिले छेपारोले रंग फेरे झैं बोली र व्यवहार फेर्दैन । जनप्रेमी, विकास प्रेमी, न्याय प्रेमी जन प्रतिनिधिले सदा सर्वदा विकास निर्माणकालागि आवश्यक पर्ने वातावरण निर्माण गर्न भरमगदूर प्रयास गर्दछ । वीरगंजको मेनरोड फराकिलो हुनु पर्दछ । भन्ने र लेख्नेहरू कसैप्रति पूर्वाग्रही छैनन् । सूसुचित गर्ने काम पत्रपत्रिका प्रेस मिडियाको हो । विवादमा फस्ने काम मिडियाको होइन । स्वच्छ जनमत कायम गर्ने काम मिडियाले गर्दछ । वीरगंज महानगरपालिकाको मेनरोड फराकिलो हुनु पर्दछ भनेर कलम चलाउनु अपराध होइन । जे वास्तविक र सत्य छ त्यही कुराको वकालत गर्छ ।

बाटो फराकिलो पार्दा कसैलाई साह्रै नै अन्याय परेको छ भने त्यसकालागि पनि लेख्छ । बाटो फराकिलो हुने नै छ भनेर संचारमाध्यमले भन्नै क्दैन । मास्टर प्लान अथार्त गुरुयोजना अन्तर्गत निर्माणाधीन पथलैया–रक्सौल सडक २५/२५ मिटर फराकिलो हुनै पर्दछ । १५/१५ मिटर फराकिलोको कुनै अर्थ छैन । दुबै साइडका बढीमा १९ मिटर लम्बाईका भौतिक संरचना भत्काइने छ । रक्सौल बजारको मेनरोड पनि फराकिलो पार्न खोजिएकोमा अदालतमा स्थानीय जनताले रीट हालेकाले सडक फराकिलो पार्ने काम हाललाई स्थागित भएको बुझिएको छ । रक्सौल बजार फराकिलो नपार्ने निर्णयले कतै वीरगंज बजारको मेनरोड भत्काउने कुरा पनि स्थगित हुने त होइन ? भन्ने आशंका पनि उब्जिएको छ ।

वीरगंजका ठूला धनाढ्य, पहुँचवाल उद्योगपति, व्यापारीको घर, पसल मेनरोडमा रहेका घरहरू भत्काउन नदिन साम, दाम, दण्ड, भेद, अपनाइरहेकाले अब पनि मेनरोडका घरहरू भत्कन सक्छन् । वैकल्पिक सडकहरू भएकाले किन भत्काउने जस्ता प्रश्न, द्विविधा र शंका पनि उब्जिएका छन् । केही राजनीतिक दलका नेताहरूले पनि सडक फराकिलो हुन नदिने गरी उद्योगपति, व्यापारीको पक्षपोषण गरीरहेका छन् । यथास्थितिमा नै रहने, परिवर्तन, विकास, निर्माण नचाहनोहरूकालागि केही भन्नु छैन तर वहुसंख्यक वीरगंजवासी सडक फराकिलो पार्ने कुरामा सहमत छन् । यसभन्दा अघि पटक पटक सरकार र सडक विभागले मेनरोडको घर भत्काउने भनेर भत्काउन नसकेकोले सरकारको सूचनाप्रति वीरगंजवासी ढुक्क भने छैनन् ।

वीरगंज औद्योगिक एवं व्यापारिक महानगर हो । वीरगंजको विकास व्यवस्थित दिगो र योजनावद्ध छैन । वीरगंजलार्य आकर्षित र सौन्दर्यशाली नगर बनाउन सडक फराकिलो गर्न लागिएको हो । २५/२५ मिटर मेनरोड फराकिलो भए वीरगंज नगरले काँचुली नै फेर्दछ । वीरगंज मेनरोडको सडक फराकिलो हुने बित्तिकै वीरगंज महानगरको चौतर्फी विकासमा ठूलो टेवा मिल्दछ । सडक निर्माणले वीरगंजको ऐश्वर्य र रौनक बढाउँछ ।

(क्राइम चेक साप्ताहिकमा २०७६ असोज ०९ प्रकाशित)

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178 sempurna178
rajamania slot gacor sritoto rajamania slot88 beb88 raintoto relic88 koi77 sritoto sritoto sritoto sritoto sritoto sritoto sritoto
slot gacor m77 m77 bendera62 bendera62 bendera62 andara88 andara88 slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM