Thursday, July 18, 2024
घरसमाचारविकास विरोधी नेताहरू गद्दार हुन: युवाहरू

विकास विरोधी नेताहरू गद्दार हुन: युवाहरू

चन्द्रसूर्य समाचारदाता/
वीरगंज ११ असोज/

वीरगंजको मेनरोड विस्तार गर्ने कार्यक्रम तय भइसकेको अवस्थामा राजनीतिक दल एवं व्यापारीहरूसम्मिलत टोली काठमाण्डौ गएर रोक्ने प्रयास गरेपछि वीरगंजका युवाहरू आक्रोशित भएका छन् ।

आक्रोशित युवाहरूसम्मिलत एक टोलीले वीरगंजमा सडक विस्तार एवं विकास कार्यमा अवरोध सिर्जना गर्नेहरू विरुद्ध खबरदारी स्वरुप विरोध जुलुस निकालेका छन् ।

केही वर्ष अघि नै तय भइसकेको त्रिभुवन राजमार्गको सडक विस्तारको आयोजनालाई विफल पार्न वीरगंजबाट काठमाण्डौ गएका जम्बु टोलीका सहभागीहरू विकास विरोधी नेता भएकोले जम्बु टोली काठमाण्डौ गएर मन्त्रीलाई भेट्दैमा विकास काम अवरुद्ध हुन नदिने युवाहरूले चेतावनी दिएका छन् ।

वीरगंजका युवाहरुले वीरगंज युवा विकास संघर्ष समिति नै गठन गरेर सरकारले अघि सारेको सडक विस्तारको आयोजनालाई सफल पार्नै पर्ने पक्षमा विरोध प्रर्दशन गर्दै युवा एकता जिन्दावाद, युवा शक्ति जिन्दावाद, वीरगंजको विकास नचाहने दलालहरु होसियार भन्दै आक्रोशपूर्ण खबरदारी नारावाजी गर्दै नगर परिक्रमा गरेका हुन् ।

वीरगंजको घण्टाघरबाट सुरु भएको विरोध प्रदर्शन नगरपरिक्रमा गर्दै पुन: घण्टाघरमा आएर कोणसभामा परिणत भई सम्पन्न भएको थियो । त्रिभुवन राजमार्ग खण्डको गण्डक सम्मको २५/२५ मिटर सम्मका भौतिक संरचनाहरु सडक विभागले भत्काई सके पश्चात गण्डक देखि मितेरी पुल सम्म पनि भत्काएर सडक विस्तार गर्नै पर्ने विषयमा सरकारले सडक विभागलाई दिएको निर्देशन बमोजिम छठ लगतै सडक विस्तारको कार्य सुरु हुने सार्वजनिक सूचना जारी भएपछि वीरगंजका जम्बो टोली सडक विस्तार योजनालाई विफल पार्ने सडयन्त्रमा लागेका छन् । त्यस्तो षडयन्त्रलाई पर्दाफास गर्दै कुनै पनि हालतमा सडक विस्तारको योजना सफल पार्नै पर्ने दबाव स्वरुप वीरगंज युवा विकास संघर्ष समितिले विरोध प्रदर्शन गरेको हो ।सो विरोध प्रदर्शनमा राम बाबु मण्डल, दिपक पटेल,रंजित चौरसिया, सन्दिप विक्रम शाह, राकेश पटेल, उमेश कुशवाहालगायतकाको सहभागिता रहेको थियो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -