काँग्रेसद्वारा सनातनी चलनको धज्जी ! सोह्र श्राद्धमै दशैंदेखि छठसम्मको शुभकामना

0
नेपाली काँग्रेस छिपहरमाई गाउँपालिकाद्वार आयोजित शुभकामना समारोहका सहभागीहरु

क्राइम चेक प्रतिनिधि/
वीरगंज/
पितृपक्ष अर्थात सोह्र श्राद्ध चलिरहेको समयमा कुनै पनि शुभकार्य, अनुष्ठान वा शुभकामना आदान प्रदान नगरिने हिन्दू धर्म संस्कृतिको चलनलाई नेपाली काँग्रेसले धज्जी उडाएको छ ।

नेपाली काँग्रेस छिपहरमाई गाउँपालिकाले बुधवार आयोजना गरेको दशैं, तिहार र छठ सम्मको एकमुष्ठ शुभकामना दिएर नेपाली हिन्दू धर्म संस्कृति र संस्कारको धज्जी उडाएको हो ।

दशैं शुरु हुनु अगावी सोह्र श्राद्धकै अवधिमा नेपालकै पुरानो पार्टी भनेर चिनिएका काँग्रेसले दशैं, तिहार र छठको शुभकामना आदाना प्रदानको औपचारीक कार्यक्रम नै आयोजना गरेर हिन्दू धर्मप्रतिको वास्तविक धारणा प्रष्ट पारेको छ ।

नेपाली काँग्रेस छिपहरमाई गाउँपालिकाद्वार आयोजित शुभकामना समारोहका सहभागीहरु

देश धर्म निरपेक्ष भएपनि अर्काको धर्म संस्कृति र परम्परालाई बिगार्ने, तोडमरोड गर्ने जस्ता कृयाकलाप गर्न नहुने संवैधानिक व्यवस्थालाई समेत नेपाली काँग्रेसले नमानेको देख्दा सनातनी हिन्दूहरु संकटमा परेका छन् ।

दशैं अगाडी नै छठ सम्मको शुभकामना कार्यक्रम सकाएर नेपाली काँग्रेस र छिपहर माई गाउँपालिका कमिटी कहाँ जाँदैछ ? भन्ने प्रश्न चौतर्फी रुपमा उठ्न थालेको छ । शुभकामना नै दिने भए एकैचोटी होलिको शुभकामना दिंदा पनि त हुन्थ्यो नि हैन ? भनेर सामाजिक संजालप्रयोगकर्ताले प्रश्न गरेका छन् ।

२०७६ असोज ९ गते क्राइम चेकमा प्रकाशित

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्