शिवसेना र राष्ट्रवादीहरू बन्दूकबाट डराउँदैन

“मुलक खायौ राजनिती ढाँटले अब सफाइ गर्नु पर्नेछ धर्मशक्ति आँटले”

आदरणीय नेपाली दाजुभाई तथा दिदीबहिनीहरु !
मुलुक यति बेला कम्युनिष्ट पार्टीको कुशासनमा फसेको छ । बोलीमा राष्ट्रवाद, व्यवहारमा लम्पसारवादी चरित्रको वर्तमान सरकार र संसदमा भएका सबै राजनीतिक दलहरुको अत्याचार र अशिष्टताले मुलुक आक्रान्त भएको छ ।

गणतन्त्रका नाममा नेताहरुले आफ्ना पत्नी, छोरीबुहारी र पुस्तौंपुस्ताका लागि भोगविलास गर्ने शासन व्यवस्था अहिले जनताले भोगिरहेका छन् । केही समयअघिसम्म हामी देश विकासको कुरा गथ्र्याैं । आज देश नै रहला कि नरहला भन्ने चिन्तामा फसेका छौं । सम्पूर्ण नेपाली जनतालाई थाहा नै छ कि ९४ प्रतिशत ओमकार परिवारका मानिसहरुको बसोबास रहेको देशलाई विदेशीको इशारामा धर्मनिरपेक्ष बनाइयो । धर्मनिरपेक्ष मुलुक बनाउने, होली वाइन पिउने अनि इन्द्रजात्रामा राष्ट्रपति जाने, शिवरात्रिमा पशुपतिनाथमा चटक देखाउन पुग्ने धर्मसंगत छैन । धर्मलाई अफिम भन्ने, धार्मिक सम्प्रदायलाई गाली गर्ने अनि झुठो आस्था देखाउन धार्मिक समारोहमा जाने अधिकार वर्तमान सरकारलाई छैन ।

यो तथ्य नेपाली जनताले बुझिसकेका छन् । राज्यको यो दोहोरो चरित्र र नेपालका हिन्दुहरुमाथिको भद्दा मजाकको विरोधमा शिवसेना नेपाल लगायत रास्ट्रवादीद्वारा यसपटक प्रदर्शन गर्यो । शिव सेनाका नेपाल अध्यक्ष अनिल बस्नेत बाबा सहित सयौं नेता कार्यकर्ता पक्राउ परे । हामीहरूमाथि झुठा मुद्दा लगाउने र धर्मको आवाजलाई दबाउने प्रयत्न वर्तमान सरकारले गरेको छ ।

हामी प्रहरी हिरासतमा पर्दा पनि देशको चिन्तामै थियौं । हिरासत मुक्त हुँदा पनि हामी देश जोगाउन राजसंस्थासहितको हिन्दुअधिराज्य स्थापनाकोलागि पूर्ण सम्पूर्ण छौं । धर्मनीतिमा चल्ने भगवान शिवकासेना र राष्ट्रवादीहरु राज्यको झुठा मुद्दादेखि किञ्चित विचलित छैनन् । र यो पनि खुला रुपमा घोषणा गर्दछ कि नेपाल फेरि राजसंस्थासहितको हिन्दुअधिराज्य हुनेछ, त्यो हामी प्राप्त गरेरै छाड्ने छौं ।

शिवका सैनिक, तथा रास्ट्रवादी कुनै बन्दुकबाट डराउँदैनन्, हाम्रो लक्ष्य स्पष्ट छ । हामी भित्र हुँदा साथदिनुहुने सम्पूर्ण राष्ट्रभक्त पत्रकार मित्रहरु राजनितीदल, संघसंगठन र राष्ट्रप्रति समर्पण हुनु भएका ब्यक्तीमा कोटी कोटी नमन गर्दै ह्दयदेखि धन्यवाद । जय गुरुदेव जय शिवशक्ति ।

अनिल बस्नेत “बाबा”
शिव सेना नेपाल
असोज ७, २०७६

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here