Sunday, July 21, 2024
घरक्राइम चेकसुन तस्करीकालागि वीरगंज सुगम बन्दै ! सुन माफिया दारुका र अग्रवालको सम्पत्ति...

सुन तस्करीकालागि वीरगंज सुगम बन्दै ! सुन माफिया दारुका र अग्रवालको सम्पत्ति छानबिनको घेरामा

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, ६ असोज/
अवैध सुन कारोबारमा एकछत्र राज गरेका वीरगंजका कुख्यात सुन व्यापारी राजु दारुकाले आर्जन गरेको सम्पत्तिको श्रोत छानबिन गरिने भएको छ ।

देशका उच्च पदस्था पदाधिकारीहरूलाई प्रभावमा पारेर वीरगंजलगायत देशका विभिन्न नाकाबाट सुन ओसार पसार गर्दै आएका वीरगंज निवासी दारुकाले अवैध सुन तस्करी र कारोवारबाटै अकूत सम्पत्ति आर्जन गरेको उजुरी परेपछि सम्पत्ति शुद्धिकरण विभागले छानबिन गर्ने भएको समाचारहरू सार्वजनिक भएका छन् ।

सर्लाहीको मलंगवाका सामान्य परिवारका संजय अग्रवाल वीरगंज आउँदा केही थिएन, दुईजनासँग सहकार्यमा मेनरोडमा पिसियो संचालन गर्दै गर्दा अनेकौं कारोबारीसँग हिमचिम बढाउँदै जाने क्रममा राजु दारुकासँग सम्पर्क भई एकअर्कासँग सहकार्य गरेको १५ वर्ष नबित्दै अरबौंको सम्पत्ति जोड्न सफल भएको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् ।

दारुकासँगको सहकार्यमा सुन तस्करी गर्दै आएको बेला बेलामा स्थानीयदेखि राष्ट्रियस्तरसम्मका संचारमाध्यममा आएको खबर वीरगंजलगायत प्रहरी प्रशासनमा नौलो होइन ।

सुरा सुन्दरीका सौखिन संजयले प्रहरीका उच्च अधिकारीहरूलाई पनि विभिन्न किसिमले खुशी तुल्याइदिएकै कारण अधिकारीहरूबाट “सेटिङ र लाइन” लिई विगत लामोसमयदेखि दारुका र अग्रवालले अवैध सुन कारोबारबाट सानो समयमै अकूत सम्पत्ति खडा गरेको विषयमा सम्पत्ति शुद्धिकरण विभागमा परेको उजुरीपछि उनीहरूको पनि सम्पत्तिको श्रोत छानबिनाको दायरामा परेको हो ।

पर्साका तत्कालिन प्रहरी प्रमुख रमेश खरेल आउनु अघिसम्म प्रहरी अधिकारीहरूसँग राम्रै हिमचिम भएपनि रमेश खरेलले अवैध रुपमा सेटिङ मिलाउने संजय अग्रवाललाई जिल्ला प्रहरी कार्यालयमा प्रवेश निषेध नै गरेर उनको गतिविधिमाथि उच्च निगरानी बढाएपछि संजयको रवाफ एकाएक सेलाएको थियो भने रमेश खरेल पर्सा प्रहरी प्रमुखमा रहुञ्जेल रक्सी खाएर हिंड्न समेत बन्द गरेका थिए ।

तिनै संजय अग्रवाल एवं अवैध सुन व्यापारीको रुपमा कुख्याती कमाएका राजु दारुका यतिबेला फेरी पनि सक्रिय भएका छन् ।

कर्तव्यनिष्ठ प्रहरीको नामले चिनिएका पर्सा प्रहरी प्रमुखसँग आफ्नो राम्रो र नजिकको सम्बन्ध रहेको बताउँदै संजय अग्रवालद्वारा सेटिङ गरिएपछि दारुकाले निर्वाध रुपमा सुन तस्करी गरिरहेको श्रोत बताउँछ ।

नयाँ पत्रिकाले प्रकाशन गरेको समाचार अनुसार सम्पत्ति शुद्धिकरण विभागले ३८ सय केजी सुन तस्करीका अभियुक्तमाथिको अनुसन्धानलाई पनि विभागले प्राथमिकतामा राखेको छ । गिरोहका नाइके चूडामणि उप्रेती ‘गोरे’, भारतीय नागरिक मोहन अग्रवाल, विमल पोद्दार, आरबी डायमन्डका मालिक राजेन्द्र शाक्य, भुजुङ गुरुङ, राजु दारुका, ठाकुर ढुंगानालगायतमाथि अनुसन्धान गरिरहेको छ ।

प्रहरीले सो प्रकरणमा मुद्दा दायर भएका सबैको सम्पत्ति छानबिनका लागि विभागलाई लेखेर पठाएको छ । जसमध्ये धेरैले सम्पत्ति लुकाइसकेको विभागका अधिकारी बताउँछन् भनेर नयाँ पत्रिकाले समाचार छापेको छ । “पोद्दारको विभिन्न बैंक खातामा करिब ३० लाख मात्र भेटिएको छ,’ अनुसन्धानमा आबद्ध एक अधिकारीले भने, “अर्बौँ छ भन्ने सूचना आउँछ, तर खोज्दा भेटिएको छैन ।” त्यस्तै सुन तस्करीमा संलग्न अन्य गिरोहमाथि पनि छानबिन गरिरहेको छ ।

२०७६ असोज ७ गते मंगलवार प्रकाशित

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -