Saturday, July 27, 2024
घरसमाचारवीरगंज महानगरभित्र भ्रष्टाचार मौलायो, एउटै ठेक्कामा करोडौंको अनियमितता, अन्यबाट दैनिक पाँच लाख...

वीरगंज महानगरभित्र भ्रष्टाचार मौलायो, एउटै ठेक्कामा करोडौंको अनियमितता, अन्यबाट दैनिक पाँच लाख बराबरको नोक्सानी

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, ४ असोज/
स्थानीय निकायको चुनावपछि जनप्रतिनिधिहरूले स्थानीय तहको विकासकालागि लाग्नुपर्नेमा निहीत स्वार्थपूर्तिका लागि जनभावना र संघीय गणतन्त्रको भावनाविपरित व्यक्तिगत स्वार्थमा पदीय दुरुपयोग गर्न थालेपछि जनताको आशा तुसारापात भएको छ ।

वीरगंज महानगरपालिकाका प्रमुख विजय सरावगीले पदीय दायित्व निर्वाहमा लापरवाही गरेपछि एउटै ठेक्कामा करोडौं रुपैयाँको अनियमितता भएको छ भने अन्य ठेक्का समयमा नलाग्दा महानगरपालिकालाई दैनिक पाँच लाख बराबरको नोक्सानी भइरहेको समाचारहरू प्रकाशमा आउन थालेका छन् ।

वीरगंज महानगरपालिकाले अनैतिक कमिसन लिई नयाँ बस पार्क संचालनको जिम्मा ५ वर्षको लागि चितवनका ठेकेदारलाई दिएको आरोप वीरगंजका एक ठेकेदारले लगाएका छन् ।

शनिवार नेपाल पत्रकार महासंघको सभाकक्षमा एक पत्रकार सम्मेलनको आयोजना गरी वीरगंजको श्री ॐ साई निर्माण सेवा बहुअरी पिडारीका संचालक मोहन प्रसाद यादवले यस्तो आरोप लगाएका हुन् ।

ठेकेदार यादवले महानगरपालिकालाई आर्थिक रुपमा टाट पल्टाएर नगरप्रमुख विजय सरावगी सहितको टोलीले वीरगंजको नयाँ बस पार्क संचालनको जिम्मा चितवनको ठेकेदारलाई दिएको दावी गरे ।

श्री ॐ साई निर्माण सेवा बहुअरी पिडरीले आठ करोड ५० लाखमा भरेको टेण्डर विपरित यता महानगरपालिकाले चितवनको एन.के. इन्टरनेशनल प्रा.लि.लाई ७ करोड ५० लाखमा दिने निर्णय गरेको यादवले बताउनुभयो ।

वीरगंज महानगरपालिकालाई आर्थिक रुपमा देखिने गरी एक करोड भन्दा बढी रकम घाटा लगाउँदै चितवनको ठेकेदारलाई वीरगंजको नयाँ बसपार्कको टेण्डर दिएर आर्थिक हिनामिना गर्न खोजेपछि आफूहरुले अब महानगरपालिकाका प्रमुख बिजयकुमार सरावगी, उपप्रमुख शान्ति कार्की, प्रमुख प्रशासकिय अधिकृत सहित केही वार्ड अध्यक्षहरुमाथि अख्तियार देखि अदालत सम्म मुद्दा गर्ने चेतावनी यादवले दिनुभयो ।

पत्रकार सम्मेलनमा ५ वर्षका लागि सबै भन्दा कम रकम भरेको ठेकेदारलाई के कति कारणले ठेक्का दिईएको हो । सोको बारेमा महानगरपालिकाले नगरवासीलाई सार्वजनिक रुपमा जानकारी दिनु पर्ने माग समेत ठेकेदार यादवले गर्नु भयो । महानगरपालिकाले गत महिना सवारी करको ठेक्काको बारेमा समेत अनियमितता गरेको घटना सार्वजनिक भएपछि ठेक्का बदर भएको थियो ।

यता दुई महिनादेखि सवारीकर, पार्किङ कर इत्यादीको ठेक्का दुई महिनादेखि नलाग्दा वीरगंज महानगरपालिकालाई दैनिक पाँचलाखका दरले तीन करोड बराबरको नोक्सानी भएको छ ।

नगरवासीहरूसँग विभिन्न वाहानामा चर्को कर थोपर्ने तथा महानगरको आम्दानीको मूख्य श्रोतहरूमध्ये पीठिया कर, सवारी कर, पार्किङलगायतका करको ठेक्का नियतवस नलगाई महानगरलाई टाट पल्टाउने लागेको विषय आफैंमा आपत्तिजनक रहेको वीरगंजवासीहरू बताउँछन् ।

गत महिना सवारी करको लागि टेण्डर आह्वान गरेपनि त्यसमा नगरप्रमुख सरावगीको व्यक्तिगत स्वार्थका कारण ठेक्का टेण्डर रद्द गरिएको नाम नछाप्ने शर्तमा एक कर्मचारीले चन्द्रसूर्यलाई बताए ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -