Thursday, July 18, 2024
घरक्राइम चेकविदेशी रोबोटले देश चलाएपछि....

विदेशी रोबोटले देश चलाएपछि….

– स्वर्ण विक्रम शाह

भनिन्छ प्रजातन्त्रको कोखबाट नै बारम्बार देशलाई संकटमा पार्ने प्रजातान्त्रिक मुखौटा लगाएका भष्माशुरहरुको जन्म हुन्छ । हाम्रो देशमा पनि बिगत २०४६ साल पछि यिनै प्रजातान्त्रिक मुखौटा धारी भष्मासुरहरुको जन्मको कारण बारम्बार देशलाई भ्रष्टचार, हिंसा, अत्याचार तथा असुरक्षाको दलदलमा फसाउन आफ्नो भरपुर कोसिस भई रहेको र धेरै हदसम्म त सफल नै भईसकेका हामी माझ छर्ल· छ । जुन देशमा कानुन मर्छ त्यो देशमा जंगली राज हुन्छ, गुण्डाराज हुन्छ । आज त्यहि जंगलीराज, गुण्डाराज हाम्रो देशमा लागू भएको हामी सबैले देखिरहेका छौ, भोगि रहेका छौ ।

खासै भन्ने हो भने हाम्रो देशमा सुशासन, सहि राजनितीक पंरमपरा, नेपाल र नेपालीको संस्कार, सभ्यता, समपूर्ण धर्म तथा भाषा भेषभुसाको जोगर्णा, रक्षा र देशको सहि बिकाश भनेको २०१७ साल देखि २०४७ साल सम्म मात्र टिक्न सक्यो । सुन्दा असजिलो लाग्ला तर सत्य यहि हो कि २०४७ सालको सम्बिधानले देशको बागडोर खोसेर नेताको हातमा सुम्पिदियो ।

यसपछि यस मुलुकमा प्रजातन्त्रको मुखौटा लगाएका देशद्रोहि भष्मासुरहरुको जन्म हुन थाल्यो र भित्र भित्र बाट देशलाई खोक्रो बनाउने अराजनैतिक कुसंस्कारको जन्म भयो । जसले कहिल्यै कसै सामु नझुकेको एउटा स्वतन्त्र सार्वभौम राष्ट्रलाई बिदेशीको गुलाम बनाउने खेलको जन्म दियो र देश भरि नै नेता रुपी धमिराहरु सल्बलाउन थाले ।

जन आन्दोलनको नाममा नेताहरु विदेशीको ईसारमा चल्न थाले र नाम दिईयो जनताको माग । खासै भन्ने हो भने त देशमा सहि राजनीतिक परिवर्तनका लागि भएको जन आन्दोलन भनेको २००७ सालको मात्र थियो र सो आन्दोलनले मात्र नेपाल र नेपालीलाई एउटा सत्य जित दिलाएको थियो । २००७ सालमा राजा र जनता मिलेर जनता र मुलुकको मुक्तिकोलागि संगै हिडेका थिए । यही आन्दोलन हो जसले सर्वप्रथम जनतालाई रैतिबाट जनता बनाएको थियो र यथार्थमा भन्ने हो भने यो मात्र एउटा जनआन्दोलन हो जसले गर्दा जनताले पहिलो चोटि मुक्ति पाएर स्वतन्त्र भएका थिए । मात्र यहि एउटा जनआन्दोलन नेपाल ईतिहासको सफल र वास्तविक जन आन्दोलन थियो जसमा नेताको नभई जनताको जित भएको थियो ।

१०४ वर्ष लामो राणाकालको समाप्ति र आधुनिक प्रजातान्त्रिक नेपालको प्रारम्भ बिन्दु थियो । यस जनक्रान्तिको शंखधोषले हिमालका खोचँ, पहाडका कन्दरा र तराई मधेशका देहातसंगै शहर, गाउँ र झोपडीमा बस्ने आदिवासी जनजाती, महिला पुरुष तथा दलित सबैलाई हामी नेपाली हौ र यस राष्ट्रका समान अंशियार सन्तान हौ भन्ने आफ्नो सहि अधिकारकरुो बोध गराएको थियो । यस महान र एक मात्र जनआन्दोलनले मात्र राष्ट्रियता र प्रजातन्त्र दुईटा महान परिणाम दिएको थियो ।

बाँकि नेपालमा भएका सम्पूर्ण आन्दोलनहरु त हाम्रा नेताहरुको कहि समाप्त नहुने स्वार्थिपन, नैतिकहिनता, बिकाउ प्रवृत्ति, देश प्रतिको जिम्मेवारी र कर्तब्यबोध अनि दायित्वबोधको परिणाम बाहेक अरु केही होईन । लायक तथा देशभक्त नेताहरू माथि बिदेशीहरुले फालेका हड्डी खाने बानि परेका नेताहरुको हालिमुहालीले गर्दा कैयौं नेताहरुले ज्यान गुमाउन पर्यो भने कयांै आफैले खोलेको पार्टीबाट बेईज्जत भई निस्कनु पर्यो जस्को मार आज जनता र देशले भोगिरहेको छ । यस्ता आफ्नो केही अस्तित्व नभएका रोबट रुपि जस्को रिमोट बिदेश पुगिसकेको छ, यस्ता नेता रुपि बिदेशीका दलालहरुले चलाएको देशको भविष्य अझ के हुने हो ?

देशको अवस्था यस्तरी दिन प्रतिदिन खराब भन्दा खराब स्थितिमा गईरहदा पनि नेताहरुमा यसको केही असर परेको देखिदैन । उहाँहरु त दिन दिनै देश र बिदेश भ्रमणमा नै ब्यस्त भईरहेको हामी सामु छर्ल· छ । बरु आफ्नो राजगद्दी त्याग गरिसकेका राजालाई जनता र देशको चिन्ता छ त्यसैले त बेलाबेलामा आफ्ना अभिब्यक्ति निकालि जनता र नेताहरुलाई झकझकाई बक्सन्छ । यी सारा तथ्यबाट यहि साबित हुन्छ कि राष्ट्रको माया र चिन्ता नेताहरुलाई पटकै छैन भने राजालाई देश र जनताको अपार माया छ ।

यति मात्र कहाँ हुनु आजसम्म देशको बिकास भनेको राजाले मात्र गरेका छन् भने नेताहरुले राजाहरुले गरेका विकास विदेशीको ईसारामा सब स्वाहा पारेका छन् । राजाले गरेका विकास मास्ने नेताहरु नै हुन भन्ने कुरामा कुनै दुई मत छैन ।

यसका केही उदाहरणहरु २०४९ सालसम्म ४ ठूला जहाज र १७ टुईनेटर गरि २१ जहाजले अन्तर्राष्ट्रिय र राष्ट्रिय उडान गर्ने नेपाल वायु सेवा निगम सो साल पछि जब नेताहरुको हातमा देश पर्‍यो जम्मा १० बर्षमा २ बोई· र ३ टुईनेटरमा सिमित भयो ।

आ ब २०४६/४७ मा १ करोड ८५ लाख सञ्चित नाफा कमाएको निगम २०५७/५८ मा सञ्चित नोक्सानी २ अर्ब ४२ करोड पुग्यो भने अहिलेको घाटाको त कुरै नगरौ । २०५९ साउन सम्म ५ अर्ब सञ्चित नाफामा रहेको नेपाल यायल निगम १० बर्षको अवधि मै ३० अर्व (त्यो ५ अर्ब नाफा समेत सकेर) घाटामा गयो । यसरी बढेको घाटा धान्न नसकेर सरकार संग २२ अर्ब १७ करोड ऋण त २०६८ सालसम्म नै लिई सकेको छ भने त्यो ऋण लिने पंरमपरा आजसम्म जारी छ । राजाले चलाएको पंचायती व्यवस्थामा धेरै नाफामा रहेको अनेकौ कम्पनी नेताको हातमा सत्ता परेपछि सब घाटामा जान सुरु भयो । जस्तै दुग्ध विकास संस्थानपछि ३२ करोड ५१ लाख, जडिबुटि उत्पादन तथा प्रशोधन केन्द्र १ खर्ब ३६ करोड २० लाख, हेटौडा सिमेन्ट उद्योग ६१ करोड ९८ लाख, जनकपुर चुरोट कारखाना ८० करोड ८ लाख, नेपाल औषधि लिमिटेड ४८ करोड ५८ लाख, उदयपुर सिमेन्ट १ अर्ब ७७ करोड ३० लाख, नेपाल ओरिण्ड म्याग्नेसाईट ३ अर्ब ५९ कररुोड ७२ लाख, नेपाल खाद्य संस्थान १ अर्ब १० करोड ७७ लाख, नेपाल यायल निगम ८ अर्ब ४१ करोड ८६ लाख, नेपाल वायु सेवा निगम १ खर्ब ५५ करोड ७५ लाख, गोरखापत्र संस्थान ८ करोड ९७ लाख, नेपाल टेलिभिजन ७६ करोड १४ लाख, खानेपानी संस्थान ३९ करोड १४ लाख, नेपाल विद्युत प्राधिकरण १८ अर्ब २३ करोड २ लाख, कृषि विकास बैंक ४ अर्ब ३९ करोड १७ लाख, राष्ट्रिय बाणिज्य बैंक ११ अर्ब २१ करोड ८६ लाख अझ यो श्रोत त सार्वजनिक संस्थाहरुको वार्षिक स्थिति समीक्षा २०६८ को हो । त्यसपछि राजाले आफ्नो जिम्मामा देश लिई फेरि देशको मुहार फेर्छु भन्दा सब नेताहरुको काम चोरी र भ्रष्टचार अगाडि आउँछ भनेर राजसंस्थालाई नै फाले यी सबै भ्रष्टचारी राष्ट्रघाती नेताहरुले र देशमा आफ्नो मनलागि खुल्लेआम गर्न लागे ।

पंचायती व्यबस्थामा खुलेका सम्पूर्ण कलकारखाना बन्द गराई बेचेर खाए । नेतातन्त्रमा घाटामा गएका कम्पनीहरुमा नेपाल विद्युत प्राधिकरण बाहेक अरु ९९५ त बन्द भई नामनिसान सम्म पनि बाँकी छैन भने बाँकी २/३ वटा कम्पनि पनि नेताहरुको मागेर कमाई खाने भाडो भएको छ । के यहि हो त नेतातन्त्र ?

यी सब कुराबाट यहि प्रमाणित हुन्छ कि यो देश नेपाल राजाले बाहेक अरुले चलाउनै सक्दैन । अब यो मुलुकलाई बचाउने हो भने यी सम्पूर्ण नेताहरुलाई हामी जनताहरुले फेरि एक पटक जन आन्दोलन भनेको के हो र जनता भनेका के हुन देखाउनै पर्छ र यिनीहरुलाई आफ्नो असली ठाऊँमा पुर्‍याई मुलुकमा फेरि राजसंस्थाको पुनस्र्थापना गर्नु पर्छ ।

क्राइम चेक साप्ताहिकमा २०७६ असोज ३ गते प्रकाशित

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -