Thursday, July 18, 2024
घरसमाचारजलाउदै गरिएको शव प्रहरी नियन्त्रणमा

जलाउदै गरिएको शव प्रहरी नियन्त्रणमा

वीरगंज, ३० भदौ ।
बारामा जलाउदै गरिएको महिलाको शवलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
जिल्लाको पचरौता नगरपालिकामा शंकास्पद रुपमा एक महिलाको शब जलाउदै गरेको अवस्थामा बारा प्रहरीले नियन्त्रणमा लिइएको छ।

पचरौता नगरपालिका वडा नम्बर ७ बेनौली टोलका बच्चु साह तेलीकी श्रीमति ४५ बर्षिय रामरती देबीको शब प्रहरीले नियन्त्रणमा लिएको हो।

शनिबार राति करिब २ बजेको समयमा शंकास्पद शव जलाइरहेको भन्‍ने खबर प्राप्त हुने बितिक्कै जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले महिलाको शब नियन्त्रणमा लिएको बाराका प्रहरी प्रबक्ता प्रहरी नायब उपरिक्षक रञ्जित सिंह राठौरले बताउनु भयो।

जलेको अवस्थामा महिलाको शब नियन्त्रणमा लिएका हौ, राठौरले भने, ‘महिलाको शबलाइ गाउको सम्सानघाट भन्दा अन्यत्रै जलाउदै थिए शँका लागेर नियन्त्रणमा लिएका हौ।

’शव जलाउन आएका मध्ये महिलाको श्रीमानलाई पनि प्रहरीले पक्राउ गरेको छ । महिलाको शब करिब ७५ प्रतिशत सम्म जलिसकेको अवस्थामा पोष्टमार्टमको लागि अस्पतालमा पठाइएको छ।

पोष्टमार्टम रिपोर्ट आएपछि महिलाको कालगतिले मृत्यु भएको हो कि हत्या गरिएको हो भन्ने कुरा खुल्ने प्रहरी नायब उपरिक्षक राठोरले बताउनु भयो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -