Friday, March 29, 2024
घरविचारधर्म संस्कृतिहिन्दू राष्ट्र स्थापनाकोलागि शस्त्र उठाउँछुः ज्यो. पुरुषोत्तम दुवे (भिडियोसहित)

हिन्दू राष्ट्र स्थापनाकोलागि शस्त्र उठाउँछुः ज्यो. पुरुषोत्तम दुवे (भिडियोसहित)

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, २८ भदौ/

नेपाल ज्योतिष परिषदका केन्द्रिय उप महासचिव ज्योतिष सम्राट पंडित पुरुषोत्तम दुवेले नेपाललाई हिन्दू राष्ट्र कायम गराउन आफू शस्त्र उठाउन तयार रहेको बताउनु भएको छ ।

नेपाल विश्व हिन्दू महासंघ पर्साको आयोजनामा शनिवार वीरगंजमा “गौ–हत्या महापाप निवारण तर्पण यज्ञ” मा प्रमुख अतिथिको आसनबाट बोल्नु हुँदै परिषदका केन्द्रिय उप महासचिव पंडित दुबेले सो चेतावनी दिनु भएको हो ।

 

केन्द्रिय उप–महासचिव दुबेले नेपाललाई धर्म निरपेक्ष राष्ट्र घोषणा गरिपछिका पछिल्ला दिनमा पश्चिमी मुलुकबाट संचालित राज्यका हर्ताकर्ताबाट निरन्तर रुपमा हिन्दू धर्म र सम्पूर्ण हिन्दूहरूले माता भनेर पूजा गर्ने गाईलाई हत्या गरेर हिन्दूहरूको आस्थामाथि प्रहार गरेको हुँदा आक्रोश व्यक्त गर्नु भयो । पंडित दुबेले हिन्दू धर्ममाथि आगामी दिनमा पनि यसैगरी प्रहार भइराखे त्यसको रक्षाकालागि आफूले शस्त्र उठाउन परे पनि पछि नहट्ने चेतावनी दिनुभयो ।

कार्यक्रममा बोल्नु हुँदै नेपाल विश्व हिन्दू महासंघका वरिष्ठ उपाध्यक्ष विजय प्रकाशले नेपालगंजमा गत हप्ता भएको सामुहिक गौ हत्याले सम्पूर्ण देशबासीलाई गौहत्याको प्राःयश्चित लागेकोले त्यसको निवारणकालागि “गौ–हत्या महापाप निवारण तर्पण यज्ञ”को आयोजना गरिएको बताउनु भयो । उहाँले हिन्दूहरूको उदारताले नै आज दिनप्रतिदिन हिन्दू धर्ममाथि चौतर्फी प्रहार भइरहेकोमा चिन्ता व्यक्त गर्नु भयो ।

नेपाल विश्व हिन्दू महासंघका पर्सा जिल्ला अध्यक्ष रामअयोध्या जीको सभापतित्वमा भएको कार्यक्रममा महासंघका वरिष्ठ उपाध्यक्ष विजय प्रकाश, नेपाल विश्व हिन्दू महासंघ प्रदेश नं. २ का संयोजक विशाल झा, पूरी पीठ परिषदका नेपाल सर्वेक्षक डा. अनिल कुमार झा, वीरगंज महानगरपालिकाका अधिवक्ता विजय उपाध्याय लगायतको सहभागितामा नेपाल ज्योतिष परिषद पर्साका अध्यक्ष ज्योतिष पं. सुरेन्द्र तिवारीले पंडित दुबेलाई “गौ–हत्या महापाप निवारण तर्पण यज्ञ”मा तर्पण कार्य गराउनु भएको थियो ।

अभिषेक तिवारीले संचालन गर्नु भएको सो कार्यक्रममा ज्योतिष पंडित दुबेले मुंडन गरी मृत गौमाताहरूकोलागि मुण्डन गरी तर्पण गर्नु भएको थियो ।

हेर्नुस् भिडियोः

RELATED ARTICLES

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -

Most Popular

Recent Comments