Thursday, July 18, 2024
घरक्राइम चेकआजबाट सोह्र श्राद्ध शुरुः यसमा के गर्ने ? के नगर्ने ?

आजबाट सोह्र श्राद्ध शुरुः यसमा के गर्ने ? के नगर्ने ?

– दामोदर कश्यप
आश्विन महिना कृष्ण पक्ष प्रतिपदा देखि आश्विन शुक्ल अमावश्य सम्मलाई सोह्र श्राद्ध भनिन्छ । भदौ २८ गतेबाट शुरु हुँदैछ ।
यसमा १६ ओटा तिथि हुन्छ । श्राद्ध भनेको सम्मान पूर्वक गरिने सम्मान हो जुन जिवित हुदा र मृत्य पछि पनि दिनु पर्छ जिवित हुँदा राम्रो गर्नु पर्छ मरे पछि केही गर्नु पर्दैन भन्नु नजायज कुरा हो जुनसुकै धर्ममा पनि मृत्यु पछि आप्mना माता पिता नातागोता सबैलाई सम्झने संस्कार छ हाम्रो पूर्वीय वैदिक सनातनी परम्परा अनुसार मृत्यु पछि तिथिमा जल पिण्ड दिनु पर्छ जुन वर्षमा दुई पटक दिनु पर्छ जसरी हाम्रो २४ घण्टामा दिन र रात हुन्छ पितृहरुको एक वर्षमा दिन र रात हुन्छ जसले गर्दा सोह्र श्राद्धमा दिईने दिनको र मृत्यु तिथिमा दिईने रातको छाक हुन आउँछ ।
पितृहरु दिव्य लोकबाट सोह्र श्राद्धको बेलामा पृथ्वी लोकमा कुशे औशीकै दिनमा कुशमा आएर बस्नु हुन्छ र सोह्र श्राद्धको अन्तिम सम्मको औशीमा विराजमान हुनु हुन्छ, श्राद्ध गर्दा साकाहारी सुरुको दिन रहिरहने, कुकुर, गाई, कागहरुलाई खान दिई राख्ने किनभने यिनिहरु यमराजको सानिध्यमा रहिरन्छन् । शुक्ल पक्ष कृष्ण पक्ष जुन तिथिमा दिवंगत भए पनि सोह्र श्राद्धको तेई तिथि मै गरिन्छ, जो कुमार अवस्थामा मृत्यु भयो उनीहरुको पञ्चमी तिथिमा गरिन्छ, स्त्रीहरुको मातृहरुको आश्विन महिनाको कृष्ण पक्षको नवमीमा गर्दा आमाको मात्र नभई आप्mनो कुलको समस्त स्त्री जातीको पितृहरुको उद्धार हुन्छ । ‘आश्विन महिनाको एकादशी, द्वादशी तिथिमा यदी कसैको माता पिता दाजु भाई दिदि बहिनिले सन्यास धारण लिनु भएको थियो भने वहाँहरुको नाममा श्राद्ध गर्नु पर्छ, चतुर्दशी तिथीमा चैं यदी दुर्घटनामा परी शास्त्र अस्त्रादी झुन्डिएर अकालमा मृत्यु हुनेहरुको गरिन्छ, यदि तिथि थाहा छैन भने औंशीको दिन श्राद्ध गर्नु पर्छ र मावली पट्टीकाकोही छैनन् भने औंशीको भोली पल्ट गर्नु पर्छ जसलाई मालय श्राद्ध पनि भनिन्छ ।
श्राद्धको नियमः
श्राद्ध गर्दा गुरुले हात जोडेर माता पितालाई सम्झनुहोस् भन्दा सम्मान पूर्वक आप्mना माता पितालाई सम्झेर नमन गर्नुहोस्, कुनै औषधि खाई रहनु भएको छ यदि भने श्राद्ध सकिए पछि मात्र खानुहोस्, तययतजउबकतभ हरुले दाँत दचगकज नगर्नु, अरु नै चिज जस्तै अमला, दतिवन, नुन तेल, निम आदीले दाँत माज्नुहोस्, हात खुट्टाको नङ काट्नुहोस्, पान नखानु, श्राद्ध नसकी शरीरमा तेल नलगाउनु, श्राद्धको दिन अरुका घरको अन्न नखानु, जो चोरी कर्म गर्दछ मालीकों व्यापार गर्ने हरुलाई निम्ता नदिनु, कालो दाँत लामो कोश नङ रहेकाहरुबाट पनि श्राद्ध नगराउनु, अन्नमा कपाल, किराहरु परेका छन्, कुकुर र कुखुराहरुले दृष्टि लगाएको अन्न पनि पितृहरुले ग्रहण गर्दैनन्, गाँजर कुविण्डो, मुसुरोको दाल, लौका बैगुन, हिङ, कालो नुन, लसुन प्याज, चलाउनु हुँदैन किन भन्दा यस्ता चिजहरुबाट आउने गन्ध पितृवंश मन पराउनु हुँदैन, पहेलो फुल पहेलो टिका चन्दन चलाउने किनभने यी सतो गुणको प्रतीक हो रातो फुल रातो टिका चलाउनु हुदैन किनकी यी तमों गुणको प्रतिक हो, पिण्ड दिंदा एको दृष्टि श्राद्धमा सरीफाको फल जत्रो चडाउने वार्षिकमा नरिवलको भित्रको डल्लो जत्रो चढाउने तीर्थ श्राद्ध गर्दा हत्केलामा नै अट्ने साना साना पिण्ड दिने, पार्वण श्राद्धमा अमला जत्रो साना पिण्डकर्ता अर्पण गर्नु पर्छ, पिण्ड भनेको ब्रह्माण्ड हो हामीले दुध घिर चिनि लगाएर हामीले हजुरहरु नदेखे पनि अर्पण गरेका छौं आएर खाई दिनुहोस भनेका हो श्रिमतीको हातले बनाएर दिनु पर्छ पिण्ड ।

औशी तिथिमा पितृहरु फर्कने दिन हुनाले घरमा साँझ बत्ति द्वार ढोकामा बाली दिनुहोस पितृका फोटोहरुमा उज्यालो पारिदिनु खिर पाएस बनाएर अलग्गै राखि दिनु पितृ खुसी बनायौ भने शान्ति सुख वैभव मिल्छ देवताको कार्य सकेर गर्नु पितृको कार्य नसके पनि गर्नु पर्छ देवता भन्दा पनि माथि पितृ हुन्छन्, पितृ खुसी राख्न सकियो भनेमात्र देवताहरु प्रशन्न हुन्छन्, यदि यी सबै गर्ने क्षमता छैन भने पनि हात उठाएर तिथिमा पितृको आत्मा देखी सम्झनाले पनि पितृ खुसी हुनुहुन्छ भन्ने धारणा छ ।

साभारः क्राइमचेक

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -