२०८२ असार ३१ गते, मंगलवार १९:३७

अख्तियारको औकात र क्षमता: झिंगालाई मात्र अल्झाउन सक्ने माकुराको जालो सरह

– शेरबहादुर शाह

तलवभत्ताको रुपमा राज्यकोषबाट आफुले लिनेगरेका धनको मात्रा भन्दा कम्तीमा हजार गुणा बढि राज्य र राष्ट्रलाई लाभ गराउन सक्नु वा प्रतिफलको रुपमा फिर्ता गर्न सक्नु मात्र राष्ट्र सेवा हो भनेर महात्मा गान्धीले राष्ट्रसेवा र जनसेवाको परिभाषा बनाउनु भएको थियो ।

हात्ती र खच्चडले पनि आफ्नो खानामा लागेको खर्च भन्दा हजार गुणा बढीको लाभ आफ्नो मालिकलाई गराएको हुन्छ, राज्यकोषबाट आफुले लिएका धनको मात्राका तुलनामा दोब्बर गुणा अनुपात को योगदान, उपलब्धि र प्रतिफल पनि नेपालका गणतन्त्रवादीहरुले राज्य र राष्ट्रलाई फिर्तादिन सकेका छैनन्, तलब भत्ता समेत गरि प्रत्येक महिना कम्तिमा लाख डेढ लाख भन्दा कम नलिने सांसद, मन्त्री र नेताहरुले अझ राष्ट्रलाई अरबौं खरबौं को क्षति पुग्ने गरि घोटाला र भ्रष्टाचार गरिरहनुलाई राष्ट्रसेवा र जनसेवा कुनैपनि अर्थमा भन्न मान्न मिल्दैन ।

तीस हजारको तलवले नपुगेर वा पुगाउन नसकेर भ्रष्टाचार गर्न बाध्य साना कर्मचारीलाई अख्तियारले पक्राउ गरेको समाचार जताततै सुनिन्छ, तर लाखौं तलव खाएर, करोडौंको सुबिधा उपभोग गरेर पनि अझ अरबौं खरबौंको घोटाला र हेराफेरी गर्दै आएका नेता, मन्त्री र सांसद पक्राउ परेको समाचार आजसम्म कतै सुनिएको छैन ।

नेपालका अख्तियारको अधिकार र हैसियत कम्तीमा भारतका सिबिआइ सरहको हुनुपर्नेमा अख्तियारको औकात र क्षमता झिंगालाई मात्र अल्झाउन सक्ने माकुराको जालो सरह मात्र छ । माकुराको जालोले झिंगा भन्दा बलियो जातको अन्य कुनै पनि किरालाई बन्दी बनाउन सक्दैन, बलियोसंगको द्वन्द्वमा माकुराको जाली बरु आफै नै च्यात्तिन्छ, संविधान दिवसका दिनमा दिपावली गर्नु पर्छ भन्ने माफिया र माफियाका शुभ चिन्तक नेताले कमसेकम अख्तियारको अधिकार र कार्यक्षेत्र बढाएर त आफुलाई संविधान र कानुनका हिमायती साबित गरेर त देखाउन्, संविधान दिवसको दिनमा माफिया र घोटालाका समर्थकहरुले दिपावली गर्नु त स्वाभाविक नै हो, तर गाँस, बास र न्यायबाट बन्चित जनताले कुन उपलब्धि को खुशी मा दिपावली गर्ने ?

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM