Friday, April 19, 2024
घरक्राइम चेकप्रचण्डको मौनताले उजागर गरेको रहष्य

प्रचण्डको मौनताले उजागर गरेको रहष्य


राजसंस्था विरुद्धको आन्दोलनमा भारतीय जासुस संस्था तथा जनयुद्धका सुप्रिमो दाहालको साँठगाँठ

-सन्तोष कुमार मिश्र
वि.सं. २०५२ साल फागुन १ गते नेपाल कम्युनिष्ट पार्टी (माओवादी)द्वारा ‘प्रतिकृयावादी राज्यसत्तालाई ध्वंस गर्दै नयाँ जनवादी सत्ताको स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौं’ भन्ने मूल नाराका साथ जनयुद्धको प्रारम्भ ग¥यो । त्यतिखेर नेपालमा २०४६ को जनआन्दोलनले स्थापना गरेको ‘संवैधानिक राजतन्त्र र बहुदलीय व्यवस्था थियो । नेपाली काँग्रेस, नेकपा एमालेलगायत दलहरू सत्तापक्ष, विपक्ष थिए । माओवादी केन्द्रिय समितिद्वारा केही वर्ष पछि ‘प्रत्याक्रमणको पहिलो योजना सफल पारौं, वैदेशिक हस्तक्षपे विरुद्ध व्यापक तयारी गरौं’ भन्ने नारा पनि अघि सारेको थियो । भारतीय विस्तारवाद मुर्दावादको नारा नेपाल अधिराज्यको सबै भित्तामा लेखिएको थियो ।

१० वर्ष माओवादी सशस्त्र जनयुद्धले उग्ररुप लियो । संसारलाई नै हल्लाउने गरी सो युद्ध भएको थियो । छिमेकी राष्ट्र चीन, भारत र पश्चिमा राष्ट्रहरूले खुबै चासो राखेको सो जनयुद्धको सुप्रिमो क. पुष्पकमल दाहाल ‘प्रचण्ड थिए ।

नेपालको आन्तरिक मामिलामा भइरहेको जुनसुकै प्रकारको हस्तक्षेपको देशभक्त नेपालीहरूले विरोध गर्नु पर्दछ । सडकमा उत्रनु पर्दछ । नेपालको भाग्य र भविष्यको फैसला सार्वभौम नेपाली जनताले गर्ने हुन्, विदेशी शक्ति राष्ट्र र छिमेकी राष्ट्रले होइन । नेपालमा असल र स्थिर शासन व्यवस्था होस् भन्ने चाहना दुबै छिमेकी राष्ट्र चीन र भारतको भयो भने नेपाली जनता र नेपाल सधैं स्वतन्त्र र मुक्त रहने छ । सुखी नेपाली समृद्ध नेपालको अवसर आउने छ ।

सो जनयुद्ध भारतीय जासुस संस्था ‘रअ’ (रिसर्च एण्ड एनालाइसिस विंग)को निर्देशनमा भएको यथेष्ट प्रमाणहरू मिलेको छ । भारतले युद्ध खर्च, माओवादी नेता, कार्यकर्ता लुक्ने, बस्ने सेल्टर उपलब्ध गराएको थियो । नेपालका ७ दल र माओवादीबीच १२ बुंदे दिल्ली सम्झौता भएको थियो । सात दल र माओवादी मिलेर राजालाई एक्ल्याए । २३८ वर्षे इतिहास बोकेको राजतन्त्र समाप्त भयो । संघीय लोकतान्त्रिक गणतन्त्र संसदीय व्यवस्था स्थापना भयो ।

भारतीय जासुस संस्था ‘रिसर्च एण्ड एनालाइसिस विङ्ग (रअ)’ का पूर्व अधिकारी वर्तमान सत्ताधारी नेकपाका एकजना अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’सँग हातेमालो गरेको रहष्य खोलेका छन् । भारतीय काँग्रेस पार्टी नेपालको राजतन्त्रको विरुद्धमा थियो । भारत सरकारको निर्देशनमा ‘रअ’को प्रमुख भूमिकामा नेपालको विद्रोही दल नेकपा माओवादीँग हातेमालो गरेर शाहवंशीय राजतन्त्र समाप्त पारेको ‘इनसाइट नेपाल’ नामक पुस्तकमा उल्लेख छ । ‘रअ’का विशेष निर्देशक अमर भूषणद्वारा लेखिएको सो पुस्तकमा पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोइराला र प्रचण्डलाई यथेष्ट सहयोग गरेको उल्लेख छ ।
‘रअ’का विशेष निर्देशक अमर भूषणद्वारा लेखिएको सो पुस्तक प्रकाशमा आएपछि हालसम्म पनि पूर्व आतंककारी, वर्तमान नेकपाका अध्यक्ष प्रचण्डको तर्फबाट कुनै किसिमको खण्डन, प्रतिवाद वा अभिव्यक्ति नआउनाले पनि ‘इनसाइट नेपाल’ नामक पुस्तकमा प्रयुक्त अभिव्यक्तिहरू अर्थात देशको अखण्डता, राष्ट्रियता, राजसंस्था र धर्म मास्न भारतीय जासुसी संस्था रअले निर्देशन दिई सघाएको रहष्य अब रहष्य रहेन ।

सामान्य कुरामा पनि उफ्रिंदै घुर्की लगाउने, प्रतिकार र प्रतिवादमा उत्रिने प्रचण्ड, उनकी बुहारी, छोरी, नतिनीलगायतका आसेपासेहरू यस्तो गम्भीर विषयमा मौन हुनुले धेरै सत्यहरू उजागर गरेको छ…!

रअको नेपालको नाइके त्यतिखेर डा. बाबुराम भट्टराई थिए । उनी राजतन्त्रका प्रखर विरोधी थिए । अमर भूषणद्वारा लेखिएको पुस्तक एक ठोस प्रमाण हो । भारतीय जासुस संस्थासँग मिलेर राजतन्त्रलाई फाल्ने पार्टीका शीर्ष नेताहरू विदेशी दलाल हुन्, अराष्ट्रिय तत्ज हुन् । यिनीहरूको अन्त्य नगरेसम्म नेपालको स्वाधीनता र नेपालीको स्वाभिमान सुरक्षित हुनै सक्दैन ।

रअको नेपालको नाइके त्यतिखेर डा. बाबुराम भट्टराई थिए । उनी राजतन्त्रका प्रखर विरोधी थिए । अमर भूषणद्वारा लेखिएको पुस्तक एक ठोस प्रमाण हो । भारतीय जासुस संस्थासँग मिलेर राजतन्त्रलाई फाल्ने पार्टीका शीर्ष नेताहरू विदेशी दलाल हुन्, अराष्ट्रिय तत्ज हुन् । यिनीहरूको अन्त्य नगरेसम्म नेपालको स्वाधीनता र नेपालीको स्वाभिमान सुरक्षित हुनै सक्दैन ।
यी भ्रष्ट, दलाल नेताहरूका कारण देश नै असफल, कजोर भई भारतमा विलयी हुन जाने अवस्था भारतीयकरणको खतरा देखा परिरहेको छ । देशभक्त नेपालीहरूले राजा आऊ देश बचाउ नारा घन्काउँदै राजतन्त्रको पुनस्र्थापना, पुनर्वहालीकालागि सडक संघर्षमा उत्रिएका छन् । देशभक्त शक्ति, व्यक्ति सबैको वर्तमान व्यवस्थाका भ्रष्ट, दलाल, नेताहरू विरुद्धको जनताहरूको संघर्षमा समर्थन र सहयोग बढिरहेको छ ।

यी भ्रष्ट, दलाल नेताहरूका कारण देश नै असफल, कजोर भई भारतमा विलयी हुन जाने अवस्था भारतीयकरणको खतरा देखा परिरहेको छ । देशभक्त नेपालीहरूले राजा आऊ देश बचाउ नारा घन्काउँदै राजतन्त्रको पुनर्सथापना, पुनर्वहालीकालागि सडक संघर्षमा उत्रिएका छन् । देशभक्त शक्ति, व्यक्ति सबैको वर्तमान व्यवस्थाका भ्रष्ट, दलाल, नेताहरू विरुद्धको जनताहरूको संघर्षमा समर्थन र सहयोग बढिरहेको छ ।

सम्पूर्ण देशभक्त शक्तिहरू ‘राजा आऊ, देश बचाउ’ आन्दोलनमा गोलबन्द भएर संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय व्यवस्था लाई ध्वस्त पार्नु, विदेशी दलाल भ्रष्ट पार्टीका नेताहरूलाई जेलमा सडाउन र उनीहरूको श्रीसम्पत्ति सबै राष्ट्रियकरण गर्न तम्सिएका छन् ।

जनताको न्यायोचित र देशभक्तिपूर्ण आन्दोलन देशको आवश्यकता बनेको छ, समयको माग भएको छ । भ्रष्ट, दलाल, ओली, प्रचण्डलगायत अब जनआन्दोलनको भूमरीबाट उम्किन नसक्ने अवस्थामा पुगेका छन् ।

वर्तमान जनआन्दोलन प्रतिकृयावादी र पश्चगमन होइन, यो अग्रगामी देश र जनताको चाहना अनुकूलको आन्दोलन हो । यो आन्दोलन तब सफल हुन्छ विप्लव नेतृत्वको नेकपा लगायत वर्तमान सरकार र व्यवस्था विरोधी, यथास्थितिमा परिवर्तन गर्न चाहने सबै व्यक्ति र शक्ति मिलेर आन्दोलन हाँक्नु पर्दछ ।

अब को राजावादी, को राजा विरोधी, को विप्लववादी, को विप्लव विरोधीको अवस्था छेन । देश र जनताप्रति सचेत सबै निर्णायक शक्ति नेपाली जनता एकसाथ सडक संघर्षमा उत्रिएका छन् । सडक संघर्षमा नउत्रिनेहरू सत्ता दलाल, प्रतिगामी, क्रान्ति र परिवर्तन विरोधी ठहरिने छन् । उनीहरूलाई नेपाल आमाले माफ गर्ने छैन । उनीहरूलाई इतिहासले कुनै पनि हालतमा माफ गर्ने छैन ।

राजसंस्थाको अभिभावकत्वमा मात्र नेपाल र नेपाली सुरक्षित हुने देखिन्छ । राजसंस्थाको अभिभावकत्व स्वीकारेर नयाँ राजनीतिक विकल्प, नयाँ विकास, नयाँ राजनीतिक व्यवस्था स्वीकार्न जरुरी छ ।

नेपालको गम्भीर र जटिल परिस्थिति, पश्चिमा राष्ट्रहरूको बढ्दो चलखेलबाट नेपाललाई मुक्त पार्न भारतको मोदी नेतृत्वको सरकारले नेपाललाई विश्वको एकमात्र हिन्दू राष्ट्रको दर्जा दिई, हिन्दू राजतन्त्रको रुपमा शाहवंशीय राजतन्त्रलाई स्थापित गर्न आवश्यक तयारी गरिरहेको छ । राजतन्त्र विरोधी भारतीय जासुसी संस्था ‘रअ’ र पश्चिमा राष्ट्र नेपालमा कुनै पनि हालतमा राजतन्त्र पुनस्र्थापना हुन नदिने पक्षमा उभिएका छन् । भारत नेपाललाई भारतीयकरण गर्न चाहन्छ, पश्चिमा राष्ट्रहरू धर्म निरपेक्षताको आडमा इसाइकरण गर्न चाहन्छन् ।

नेपालको आन्तरिक मामिलामा भइरहेको जुनसुकै प्रकारको हस्तक्षेपको देशभक्त नेपालीहरूले विरोध गर्नु पर्दछ । सडकमा उत्रनु पर्दछ । नेपालको भाग्य र भविष्यको फैसला सार्वभौम नेपाली जनताले गर्ने हुन्, विदेशी शक्ति राष्ट्र र छिमेकी राष्ट्रले होइन । नेपालमा असल र स्थिर शासन व्यवस्था होस् भन्ने चाहना दुबै छिमेकी राष्ट्र चीन र भारतको भयो भने नेपाली जनता र नेपाल सधैं स्वतन्त्र र मुक्त रहने छ । सुखी नेपाली समृद्ध नेपालको अवसर आउने छ । यसकालागि नेपाली जनताले कठोर राजनीतिक निर्णयका साथ कठोर कारवाही राष्ट्रका गद्दार पार्टी नेता प्रचण्ड, ओली लगायतलाई गर्नु पर्दछ । राष्ट्रवाद, देशभक्तिमा अपार शक्ति हुन्छ । राष्ट्रवाद चुत्थो हुनु हुँदैन, कहिले पनि हार्नु हुँदैन र हार्दैन पनि ।

(२०७६ भदौ २६ गते क्राइम चेक साप्ताहिकमा प्रकाशित)

अर्को के पढ्ने...

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisment -