२०८१ चैत्र २० गते, बुधबार २२:०९

वेबसाइटमा निर्माण कार्य भइरहेको छ । साइट भिजिट गरिरहनु होला । धन्यवाद

राजा र विप्लवलाई गुहार्दै नेपाली जनता (क्राइम चेक सम्पादकीय)

(क्राइम चेक सम्पादकीय)

सत्ताधारी प्रचण्ड एण्ड ओली कम्पनीले सत्ता र शक्ति स्थायी हुँदेन भन्ने कुरा गहिरोसँग बुझ्नु पर्दछ । देश र जनता साध्य हो, राजनीतिक दल र शक्ति साधन हुन् । साधनरुपी दल र दलका नेताहरूले जनघात र राष्ट्रघात गरेको प्रमाण फेला पारेपछि जनताको शक्तिले जिन्दगीभर उठ्न नसक्ने गरी हुत्याइ दिन्छन् भन्ने क्रान्तिको इतिहासलाई नक्कली कम्युनिष्टहरूको जत्था ओली एण्ड दाहाल कम्पनीले लगभग विर्सिएका छन् ।

विदेशी स्वार्थको रक्षा गरेर, विदेशीको कठपुतली बनेर देश र जनतामाथि कुशासन गर्न सकिने विचार बोकेको ओलीतन्त्रमाथि जन वितृष्णा, जनघृणा र निन्दा अति बढेको  छ । ओलीतन्त्र, लूटतन्त्र, भ्रष्टाचारतन्त्रका विरुद्ध देशभक्त उत्पीडित जनताहरू उठिसकेका छन् । चौतर्फी दमनमा उत्रिएको ओलीतन्त्रमाथि चौतर्फी जनहमला र हस्तक्षेप शुरु भएको छ । अब ओलीतन्त्रको पतनको दिन गिन्ती शुरु भएको छ । नेपाली हावा, पानी, माटो, देश, काल, परिस्थिति दलाल पूंजीवादी ओलीतन्त्र विरुद्ध ‘गर या मर, मर्ने वा मार्ने’ राजनीतिमा उत्रिसकेकाले सकारात्तमक परिवर्तन निश्चित छ । ओली एण्ड दाहाल कम्पनीसँगै खराब प्रवृत्ति, दलाल ठग, भ्रष्टाचारी, माफियातन्त्र सबैको एउटै चिहान हुने निश्चित छ । अब अति असन्तुष्ट र आक्रोशित जनताले निर्मम र कठोर कारवाही गरेर देशभक्त, इमान्दार, परिश्रमीहरूको नयाँ समाज निर्माण गर्ने छन् ।

भ्रष्टाचारमुक्त, शोषणरहित समाज निर्माणकालागि दृढ अठोटका साथ जनक्रान्तिमा सरिक भइरहेका नेपाली जनताले इतिहासका कलंक प्रचण्ड दाहाल र ओलीलाई निर्मम सजाय गरेर छाड्ने छन् । विदेशी प्रभुहरूले उनीहरूलाई कुनै पनि हालतमा बचाउन सक्ने छैनन् । जनता जागेपछि भ्रष्टाचारी शासक, प्रशासक कारवाही बिना कुनै पनि हालतमा उम्कन सक्देनन् ।

यतिखेर यथास्थितिबाट मुक्त हुन नेपाली न्यायप्रेमी जनताहरूले राजा र विप्लवलाई गुहारीरहेका छन् । राजसंस्था र विद्रोही नेकपा जनताको अपेक्षा पूरा गर्ने भरोसायोग्य शक्ति बनेका छन् । इतिहासको निर्माणकर्ता नेपाली जनता हुन् । क्रान्तिबाट नेतृत्वको जन्म हुन्छ । क्रान्तिले देशमा विद्यमान सबैखाले समस्याको समाधान, विकृति, विसंगति र वेथितिको निर्मूल गर्दछ । नक्कली कम्युनिष्टहरूको झुठो र खोक्रो सत्ता अब नेपाली माटोकालागि अभिशाप र बोझ सावित भइसकेको छ । नेपालीको स्वाभिमान र नेपालको स्वाधीनताको रक्षा गर्ने नितान्त नयाँ व्यक्तिहरूको स्थायी शासन सत्ताको पक्षमा जनता उभिएका छन् । राजनीतिका निर्णायक शक्ति, परिवर्तनका संवाहक शक्ति नोली जनताहरू अब सबैखाले भ्रम र भयबाट मुक्त भएर सम्पूर्ण क्रान्तिकालागि तयार छन् । राजसंस्थाको पुनस्र्थापनाले मात्र देश, जनता र सनातनीहरूको आस्थाको रक्षा हुनेमा अब कुनै विकल्प रहेन ।

(२०७६ भदौ २६ गते क्राइम चेक साप्ताहिकमा प्रकाशित सम्पादकीय)

प्रतिक्रिया लेख्नुहोस्