२०८२ असार ३१ गते, मंगलवार १८:४१

वृद्ध भत्ता: दोब्बर भएर घर घरमा आयो आएन ?

– भोजराज बराल

केहि वर्ष अघि बेलायतका लिबरल डेमोक्र्याट का नेता निक क्लेग ले विश्वविद्यालय का विद्यार्थी को वार्षिक शुल्क नबढाउने कुरा आफ्नो चुनावी घोषणापत्र मा राखे, फलस्वरूप उनको पार्टी पनि सरकारमा सामेल हुने किसिमले धेरै नै भोट प्राप्त गर्न सफल भयो! त्यस पछि उनि उपप्रधानमन्त्री बने तर विद्यार्थी को शुल्क भने बढेरै छाड्यो, उनले माफी मागे!

बढाउन्नौ भनेर निर्वाचन लडेका मान्छेलाई यो भन्दा लज्जाजनक स्थिति अर्को कुनै भएन, त्यस पछि पार्टी ले चुनावमा निकै हार खान पर्यो [अघिल्लो पल्ट ५७ सिट ल्याएको पार्टीले जम्मा ८ सिट ल्यायो] अनि उनले पार्टी प्रमुख बाट राजिनामा दिए! अनि त्यस पछि को निर्वाचन मा जनताले उनलाई आफ्नै क्षेत्र बाट हराई दिए! त्यस पछि उनि राजनीति बाट विलिन भए र त्यस पछि यहि हामीले चलाउने “फेसबुक” मा जागिर गर्न शुरु गरे!

हाम्रो देशमा पनि केपी ओली ले आफ्नो सरकार ले जितेमा वृद्ध भत्ता दोब्बर बनाउने कुरा गर्नु भएको थियो, आज मिडियामा वृद्ध भत्ताको निर्देशन देखियो, मासिक रु दुइ हजार छ, पहिले एक हजार भएकोले अहिले दोब्बर भएर दुइ हजार भएको हो वा दोब्बर नभएको हो? यदि दोब्बर भएका भए ओली जी लाइ धन्यवाद, नभएको हो भने उहाँ ले माफी मागेर राजनीति बाट सन्यास लिनु राम्रो हुन्छ, राजनीति भनेको ढाटेर जागिर गर्ने ठाउँ हो भन्ने उदाहरण प्रधानमन्त्री जस्तो ओहदाको मान्छेले दिन हुँदैन, यदि ढाटेरै पनि त्यति माथी ओहदामा बसेर राजनीति गर्न सकिन्छ भने त्यस्तो राजनीति देश र जनताका लागि दुर्भाग्य हो! शुभ दिन!

प्रतिक्रिया लेख्नुहोस्

neelambads

Live

Listen Live FM