Sunday, July 21, 2024
घरक्राइम चेकसशस्त्र प्रहरीद्वारा मरिच बरामद

सशस्त्र प्रहरीद्वारा मरिच बरामद

राकेश चौरसिया/क्राइम चेक
वीरगंज/
खुल्ला सीमा नाकाको फाइदा उठाई तस्करहरूले गर्दै आएको अवैध कारोवार र ओसार पसार कृयाकलाप पर्सामा पुनः बढ्न थालेको छ ।

यसै क्रममा सशस्त्र प्रहरी वल सीमा सुरक्षा कार्यालय सिर्सिया, वीरगंजको टोलीले २५० किलो परिमाणको मरिच बरामद गरेको छ ।

सशस्त्र प्रहरी निरीक्षक सुरज पौडेलले दिनु भएको जानकारी अनुसार वीरगंजको घण्टाघरको उत्तरपट्टी रहेको बस स्टैण्ड भएर पर्साको ग्रामिण नाका हुँदै भारततर्फ निकासी हुन लागेको भनि सशस्त्र प्रहरी बल रुद्र वाहिनी वर्दिवासबाट आएको सूचनाको आधारमा खान तलासी गर्दा सो परिमाण बराबरको मरिच बरामद गरी आवश्यक कारवाहीकालागि वीरगंज भन्सार चलान गरिएको थियो ।

बरामद गरिएको उक्त मरिचको बजार मूल्य करिब १ लाख रुपैयाँ रहेको जनाइएको छ ।

(क्राइम चेक साप्ताहिकमा भदौ २६ गते प्रकाशित)

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -