Thursday, July 18, 2024
घरसमाचारराजसंस्थाको पक्षमा वीरगंजमा हस्ताक्षर अभियान जारी

राजसंस्थाको पक्षमा वीरगंजमा हस्ताक्षर अभियान जारी

वीरगंज, भदौ ।
शिव सेना नेपाल र नेपाल राष्ट्रवाद संघ केन्द्रिय कार्य समितीको अगुवाईमा वीरगंजको घंण्टाघरमा राजसंस्थाको पक्षमा हस्ताक्षर अभियान गत शनिबार देखि शुरु गरिएको खबर छ ।
हस्ताक्षर अभियानमा शनिबार र आईतबार गरी जम्मा १ हजार ९ सय जना स्थानियबासीहरुले हस्ताक्षर गरी सकेको कुरा केन्द्रिय अध्यक्ष जनक लाल साहले जनाए ।
भने उक्त हस्ताक्षर अभियान बुधबार सम्म संचालन गरीने कुरा नेपाल राष्ट्रबाद संघका केन्द्रिय अध्यक्ष जनक लाल साहले बताए ।
सो हस्ताक्षर अभियानका अन्तिम दिन २५ गते दिउँसो २ बजे घंण्टाघरबाट निस्कने र्यालीले बीरगंज महानगरपालिकाको माईथान, महावीर स्थान, आदर्शनगर, कैलाश होटल, घडिआर्वा र माईस्थान चौक हुदै पुनः घंण्टाघरमा पुगेर कोण सभमा परिणत हुने कुरा केन्द्रिय अध्यक्ष जनक लाल साहले जनाए ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -