Thursday, July 18, 2024
घरसमाचारराप्रपाले गाई मारेर पाखण्ड देखाएः बाबुराम भट्टराई

राप्रपाले गाई मारेर पाखण्ड देखाएः बाबुराम भट्टराई

बीरगंज १४ भदौं । समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गाई र राजा बोकेर हिंड्ने राप्रपाले गाई मारेर पाखण्ड देखाएको टिप्पणी गरेका छन् ।

समाजवादी पार्टीको प्रदेश समायोजन कार्यदलले आज ललितपुरमा गरेको कार्यक्रममा भट्टराईले भने, …राजतन्त्रको भूतको रुपमा आएको पार्टी राप्रपाले राजा र गाईलाई बोकेर हिंड्थ्यो । त्यसैले आफनै नगरपालिकाबाट गाईहरु बटुलेर ट्रकमा हालेर भिरबाट गुल्ट्याएर गाईलाई मारिरहेको छ, यस्तो पाखण्ड’ पुराना दलहरुले जनतालाई भ्रम छर्दै ठगिरहेको उनले जनाए ।

…सत्तरी वर्षभन्दा पुरानो कांग्रेस खोच्याउFदै खोच्याउँदै अगाडि हिंडि राखेकै छ । झण्डै ७० वर्षदेखिका विभिन्न कम्युनिष्ट घटकहरु मिलेर नेकपा डबल बनेको छ’ उनले भने, …त्यसले पनि जनतालाई साम्यवादको सपना देखाएर जनतालाई भ्रम छरिराखेकै छ ।’

…एउटाले लोकतन्त्रको नाममा जनतालाई ठगिराखेको छ । भने अर्कोले साम्यवादको नाममा महल ठड्याएर विभिन्न देशमा परिवारसहित लाखौं खर्च गरेर भ्रमण गरेर बिताएका छन् । यस्ता पुराना शक्तिहरुको युग अब समाप्त भयो ।’
उनले २१औं शताब्दीको विज्ञानमा आधारित विचार, त्यसको आवश्यकता सुहाउँदो नीति तथा कार्यक्रम लिएर समाजवादी पाटी विकल्पका रुपमा आएको दाबी गरे ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -