गौ हत्याका दोषी पत्ता लगाऊ, कारवाही गर: राप्रपा संयुक्त

0

चन्द्रसूर्य समाचारदाता
काठमाण्डौ, १४ भदौ/
राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले सुर्खेतमा भएको गौ संहारका दोषी पता लगाएर कारवाही गर्न माग गरेको छ ।
शनिवार राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का तर्फबाट प्रवक्ता जनकराज पाठकले एक विज्ञप्ति जारी गरि सो माग गरेका हुन ।
प्रवक्ता पाठकद्वारा जारी विज्ञप्ति जस्ताको त्यस्तै:
“हालै नेपालगञ्जबाट दैलेख लगिएको एक सय ५० गाईमध्ये सुर्खेतको कटकुवा जंगलमा २३ वटा गाई मृत अवस्थामा भेटिएका छन् ।”

‘हिन्दुहरुको आस्था एवं राष्ट्रिय जनावर गाई एकै पटक ठूलो संख्यामा मृत भेटिनु दुःखद, शंकास्पद र निन्दनीय छ । घटनाको तत्काल छानविन गरी नियतबस यस्ताे जघन्य अपराध गर्ने दोषी पत्ता लगाइ कारबाही गर्न सरकारसँग जोडदार माग गर्दछौ।”

जनक राज पाठक
प्रवक्ता
राप्रपा(संयुक्त)

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्