Thursday, July 18, 2024
घरक्राइम चेकदोषारोपण मात्र गर्ने कि प्रतिष्पर्धा पनि ?

दोषारोपण मात्र गर्ने कि प्रतिष्पर्धा पनि ?

– गोविन्द देवकोटा
एउटा जिम्मेवार राजनीति दलसँग राजनिती गर्ने संस्कार र आचरण हराउदै जान्छ अनि त्यसले गैर राजनीतिक चरित्र प्रदर्शन गर्छ । आज वीरगंजमा त्यही भएको छ, राजपा नेपालको व्यानरमा निस्केको एउटा समुहले नगर प्रमुख विजय कुमार सरावगीको टाउको भएको तस्वीरलाई मच्छरको शरिरमा जोडेर व्यक्तिगत मानमर्दन गरेको छ । यसलाई अराजनीतिक र ब्यक्तिगत कुण्ठाको उपजको रुपमा लिन सकिन्छ । राजपाले कुनै ठोस आधार विना हावादारी कथा लेखेर पर्चा बाँडेको छ त्यसमा पनि एउटा जिम्मेवार राजनीतिक दलको भुमिका स्पष्ट छैन । नगर प्रमुखको चरित्र हत्याको प्रयोजनका लागि निकालिएको ब्यानर फौजदारी अपराध संहिता २०७४ अन्तरगत फौजदारी कसुरमा जान सक्ने देखिन्छ ।

वीरगंजमा नागरिक आप्mनो घरभित्रको फोहोर सडकमा फाल्छन अनि मेयरले फोहोर उठाएन भनेर गाली दिन्छन् । घर पालुवा गाई, गोरु सडकमा छोड्ने अनि, छाडा गाई नियन्त्रण गर्न सकेन भनेर मेयरलाई गाली दिने । केही राजनितीक दलका संरक्षण पाएका ब्यक्तिले सार्वजनिक सम्पती अतिक्रमण गर्छन, अनि तिनै दलका अरु कार्यकर्ताले सार्वजनिक सम्पत्ति मेयरले संरक्षण गर्न सकेन भनेर गाली दिने ।

यहाँ नागरिक समाज होस वा राजनीतिक दलका नेता कार्यकर्ता कसैले पनि नागरिकलाई फोहोर जाहाँ पायो त्यही फाल्नु हुदैन भन्दैन । घरपालुवा गाई गोरुलाई सडकमा छोडनु हुदैन भन्दैन, सार्वजनिक सम्पत्ति हडपने दलका कार्यकर्तालाई सार्वजनिक सम्पत्ति राख्नु हुदैन भन्दैन, अनि त्यसको अवजस मेयरलाई मात्र दिने गर्दछन । के वीरगंजको विकासमा हामी आम वीरगंजवासीको भूमिका केही हुदैन ? के विकास निर्माणमा हाम्रो सहभागी हुन सकदैन ? नगरपालिकासँग हातेमालो गरी विकास निर्माणका हरेक काममा नागरिकले सहभागिता जनाउनु हुँदैन ? खोई यतातिर वहस गरेको ? राजनितीक आग्रहपूर्वाग्रहबाट माथि उठेर वीरगंजको विकासमा सवै नागरिकले हातेमालो गर्ने वातावरण हरेक राजनितीक दलले वनाउनु पर्छ । भोली मेरो पोजिसन कहाँ हुन्छ भनेर खुट्टा तान्ने काममा मात्र लाग्ने हो भने यहाँको विकास कहिल्यै हुन सक्दैन । छिमेकी जिल्ला हेटौडा, चितवन र बुटवल नगरपालिकाबाट केही सिक्न सकिदैन । त्यहाँ विकासको प्रतिस्पर्धा छ यहाँ हामी के कुरामा प्रतिस्पर्धा गर्न खोजेका छौ छातिमा हात राखेर समिक्षा गरौ न ।

(देवकोटाको फेसबुकपोष्टबाट)

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -