Tuesday, June 18, 2024
घरसमाचारखाना पकाउने क्रममा आगलागी, साढे चार लाखको क्षति दाबी

खाना पकाउने क्रममा आगलागी, साढे चार लाखको क्षति दाबी

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, १२ भदौ ।

पर्साको बिन्दबासिनी गाउँपालिकामा भएको आगलागीबाट साढे ४ लाख बराबरको धनमाल जलेर नष्ट भएको पीडितले दाबी गरेका छन्।

बिन्दबासिनी गाउँपालिका वडा नम्बर ५ प्रसौनीभाठा बस्ने महेश पण्डित र ललन पण्डितको घरमा भएको आगलागीमा उक्त मूल्य बराबरको क्षति भएको दाबी गरिएको हो ।

बुधबार साँझ साढे ७ बजेको समयमा भएको आगलागिमा परि दुवै जनाको फुसको घर पूर्णरुपमा जलेर नष्ट भएको तथा आगलागीबाट घरमा राखिएको नगद, लताकपडा, अन्न, सोलार प्यानल लगायत सामग्रीहरु जलेर नष्ट हुँदा सो मूल्य बराबरको क्षति भएको पर्सा प्रहरीले जनाएको छ।

महेश पण्डितको घरमा खाना पकाउने क्रममा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -