Thursday, July 18, 2024
घरक्राइम चेकलागुऔषधसहित दुई भारतीय पक्राउ

लागुऔषधसहित दुई भारतीय पक्राउ

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, १२ भदौ/
पर्सा प्रहरीले वीरगंजबाट लागुऔषधसहित दुईजना भारतीय युवकलाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषधसहित भारत बिहारको पूर्वी चम्पारण मोतिहारी जिल्ला मौजे गाँउका ३५ वर्षे धर्मेन्द्र साह कानु र २१ वर्षे पिन्टु पासवानलाई पक्राउ गरेको हो ।

लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी चौकी इनर्वाबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरुलाई भारतको रक्सौलबाट पैदल आउँदै गर्दा वीरगंज–१६ रजत जयन्ती चोकबाट पक्राउ गरेको हो ।

उनीहरुको साथबाट प्रहरीले लागुऔषध ईन्जेक्सन नुर्फिन ४ सय थान, डाईजोल्याव ४ सय थान, फेनारगन ४ सय थान बरामद गरेको छ । उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -