आफ्नो घर आफैं भत्काउनेलाई सडक विभागले कदर पत्र दिने

0

क्राइमचेक प्रतिनिधि/
वीरगंज/उत्तर–दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत पथलैयादेखि वीरगंज–रक्सौल मितेरीपुलसम्मको सडक ६ लेनको बन्दै छ ।

त्रिभुवन राजपथको अधिकार क्षेत्र केन्द्रविन्दुबाट दाँया–बाँया २५/२५ मिटर भित्र पर्ने सरकारी, गैर सरकारी, निजी स्वामित्वको भौतिक संरचनाहरू (घर, टहरा, पर्खाल आदि) सबै भत्काइने छ । व्यापारिक मार्ग विस्तार ओजना वीरगंज–पथलैया सडकले हालै जारी गरेको सूचनामा साविकको सडकको केन्द्रविन्दूबाट दाँया–बायाँ २५/२५ मिटर भित्रका सबै भौतिक संरचना आफैंले हटाउने अन्तिम म्याद छठ पर्व २०७६ कार्तिक १७ गतेसम्म दिएको छ । सडक क्षममेत्र नाप, जाँच गर्नु, चिनो लगाउन तथा घरजग्गाको लागत संकलन गर्न कर्मचारी खटाइने भयारी भइरहेको छ । तोकिएको समय अगावै स्वयं घर भत्काउनेलाई कदर पत्र प्रदान गर्ने अनौठो कार्यक्रम ल्याएको छ ।

घर भत्किने, नभत्किने कुरामा अब कुनै द्विविधा भएन । गण्डकदेखि मितेरी पुलसम्मका सडक छेउका सम्पूर्ण घर र मन्दिर समेत भत्किने योजना प्रमुखले जानकारी गराउनु भएको छ ।

योजनाले जारी गरेको सूचनामा अन्यथा अतिक्रमित क्षेत्र उपर सर्वाधिक सडक ऐन २०३१ को दफा १९, उपदफा २, ३ र दफा ३० को उपदफा ३ बमोजिम कारवाही भइ हुने जाने क्षति प्रति स्वयं जिम्मेवार हुने व्योहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ भनिएको छ ।

पथलैया–मितेरी पुलसम्म ६ लेन सडक बनेपछि वीरगंजको स्वरुप नै बद्लिने छ ।

२०७६ भदौ १२ गते क्राइम चेक साप्ताहिकमा प्रकाशित

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्