काठमाण्डौं । संविधान संसोधन गर्ने सहमति सहित सरकारमा सहभागी भएका समाजवादी पार्टीका अध्यक्ष्य उपेन्द्र यादवलाई सरकार छाड्न पार्टी भित्रैबाट दबाब बढेको छ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा स्वाथ्यमन्त्री रहेका यादव माथि बुधबारदेखि सुरु राजधानीमा जारी समाजवादी पार्टीको पदाधिकारी बैठकमा नेताहरुले सरकार छाड्नुपर्नेमा जोड दिएका छन् ।
बाबुराम भट्टराई नेतृत्वको तत्कालिन नयाँ शक्ति पार्टीसँग एकतापश्चात यादवमाथि सरकार छाड्न झन् दबाब बढेको छ। भट्टराई स्वयमंले सरकारबाट पार्टी बाहिरिनुपर्ने अडान लिँदै आएका छन्।
काठमाडौंको बालकुमारीस्थित पार्टी कार्यालयमा बुधबारदेखि जारी बैठकमा तत्कालीन नयाँ शक्ति पार्टीसँग भएको एकतापछिको पार्टी समायोजन, संगठन निर्माण, कार्यविभाजन, राजपा नेपालसँगको एकीकरण, महाधिवेशन लगायतको विषयमा छलफल भइरहेको छ।
सरकार संविधान संसोधनका लागि तयार नभएपछि मन्त्री यादवले सरकारबाट बाहिरिने चेतावनी दिँदै आएका छन् ।

















