१७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार

0

काठमाडौँ, १२ भदौ । १७ वर्षीया किशोरीलाई सामूहिक बलात्कारमा गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गजुरी–१ का २३ वर्षीय रविन श्रेष्ठ छन् । प्रहरीका अनुसार दैलेख घर भएकी १७ वर्षीया किशोरीलाई श्रेष्ठसहित धादिङकै ३० वर्षीय मदन थापा मगरले बलात्कार गरेकाे र  मगर भने पक्राउ नपरेकाे प्रहरीले जनाएकाे छ ।

उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार कलङ्कीको पशुपति गेष्ट हाउसमा फकाएर लगेर उनीहरूले बलात्कार गरेको उजुरी परेको छ । थप अनुसन्धान भइरहेको जनाइएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्