Sunday, July 21, 2024
घरविचारके "राजा" मौकामा चौका हान्ने कुनै जुवाडेको पद हो ?

के “राजा” मौकामा चौका हान्ने कुनै जुवाडेको पद हो ?

– बिदुर विष्ट

तार्किक कुरामा भन्दा ‘भावनामा बहकिँदैछ नेपाली समाज’-बीबीसी

अमेरिका संसारको शक्तिशाली राष्ट्र हो भने त्यो देशको राष्ट्रपती जो प्रतक्ष्य मतदानबाट चुनिएर आएकाले अझ शक्तिशाली हुनु स्वाभाबिक हो । अमेरिकाका बर्तमान राष्ट्रपती डोनल्ड जे ट्रम्पले जब अप्रत्यासित र अपत्यारिलो ढंगले चुनाव जिते तब उन लाई धधली गरेर चुनाव जितेको आरोप लाग्यो । उनी एक सफल ब्यपारी थिए । उनको ब्यापारिक संगठन मध्यको एउटा शाखा मास्कोमा भएकै कारण रुसले उन्लाई जिताउन सहयोग गरेको शंका गरियो मात्र होइन उन्को चुनाव परिणमको बैधता प्रती प्रश्न खडा गर्दै छानबिन र् अनुसन्धानकालागी बिशेष अनुसंधान आयुक्त नियुक्ती गरियो र आयुक्तलाई असिमित्त अधिकार प्रत्यायोजन पनि गरियो । झन्डै दुई अढाइ बर्षको अनुसन्धानको क्रममा उन्का ५०० भन्दा बदी चुनाबि अभियानताकाका कर्मचारी सहयोगिहरुलाई पटक पटक सोध पुछ गरियो केही ब्यक्तिहरुलाई त कसैको काम गरिरहेको कार्यालयमा आकस्मिक छापा मार्दै त कसैलाई राती ३-4 बजे सुतिरहेको अवस्थामा घरमा घेरा हाली बलपुर्बक नियन्त्रणमा लिइएको थियो जबकी उनिहरुले संचार मध्यम मार्फत छानबिन र अनुसन्धान टोलीलाई पूर्णत सघाउने बचन दिएका थिए । अनुसन्धानकर्ताका आयुक्तलाई असिमित अधिकार दिलाइएको हुनाले जब ट्रम्पको बिजयमा रसियाको कुनै संलग्नता नभेटिये पछी कार्य क्षेत्र भन्दा बाहिर गएर केही ब्यपारिक पृष्‍ठभुमी भएकाहरुको सम्पत्ति छानबिन गर्दा २०-३० बर्ष पहिला गरेका अनियमितता र कर छली गरिएको प्रमाण भेटिए पछी केहीलाई जेल चलान गरिएको छ । तर राष्ट्रपती ट्रम्पले आफुमा भएको संबैधानिक बिशेष अधिकारलाई पनि थाती राखेर सयमित भएर आफु प्रती र आफुलाई मत दिने ६ करोड + जनताको अभिमतलाई जोगाउन अनुसन्धानकर्ता बाट आफुलाई माग गरिएको सम्पूर्ण कगजपत्र र प्रमाणहरु उपलब्ध गराउदै अनुसन्धानमा कुनै बाधा अबरोध नजनाइ सहयोग पुर्याएर क्लिन चिट लिन सफल भएका थिए । यो सन्दर्भ मैले कहाँ जोड्न खोजेको हुँ भने नेपालको हालको पुडासैनि हत्याआत्महत्या कान्डमा मुछिएका रबिlआँफैले पनि अनुसन्धान कार्यमा सघाउछु भनिरहेको अवस्थामा उनलाई हिरासतमा लिइ कनुनत छान बिन र सोध पुछ कार्य गरिरहेको अवस्थामा भिड जम्मा गरेर अराजक फैलाएर रबिको एकोहोरो रिहाइको माग गर्नु कानुनी आँखामा ‘भेडापन’ थियो कि थिएन ? हो मैले असन्तुस्टी जनाएको एही बिन्दुमा हो । के राष्ट्रपती ट्रम्पलाई भोट् दिने ६ करोड मध्य ६ जनाले पनि सडकमा निस्केर ‘अनुसन्धान गर्न पाइदैन’ ‘राष्ट्रपतिय बिशेषअधिकार प्रयोग गर’ भनेर नारा जुलुस गरिएको थियो ? सचेत नागरिकहरुले कानुनको पालना र इज्जत गर्दछन । अनुसन्धानलाई अबरोध गर्ने दबाब दिने भनेको यो भिडतन्त्रको प्रबित्ती हो न कि एक आरोपित ब्यक्ती रबिको माग नै थियो । रबी प्रती मेरो कुनै गून्जाएस थिएन तर मेरो त्यो अराजक भिड प्रतीको असहमतिलाई ब्यक्ती प्रतिको आग्रह र पूर्वग्रहको रुपमा चित्रित गरे केही भिजिलान्तेहरुले । यदी रबि निर्दोस छन, पवित्र छन र नियम कानुन सम्मत चलिरहेका छन भने उन्ले उन्को पछाडि लागेको भिडलाई सम्झाउदै क्लिन चिट लिदै उदाहरण बन्न सक्नु पर्दछ ताकी पछी आम जनताले तेही नजिरलाई उदाहरण दिदै अन्य ब्यक्तीहरुको सवालमा पनि दबाब दिन सहयोग र सहायक बन्न सकोस । तर बिडम्बना यहाँ दलाल पार्टीका केही मतियारहरुले आफ्नो नेतालाई यस् बारेमा एक शब्द बोल्न अनुरोध गर्न नसक्ने दास मानसिक्ता भएकाहरुले भिडको सहानुभुती लिन फेसबुकमा आधिक लाइक र कमेन्ट बटुल्न र फेसबुके बिद्द्वान बनी टोपल्ने लालचले भिडले जयजयकार गरेको भगवान ठानेको, नवराजा बनाएको कुरोमा हो मा हैसे गर्दै लय मिलाउदै जानुले उनिहरुको स्वार्थ बिधीको शासन, न्यायलय प्रती छ कि भिडले निर्धारण गर्ने अकल्पनिय माग र परिवर्तन प्रती समर्थन जनाउदै धमिलो पानीमा माछा मार्दै स्वाद फेर्दै अबसरबादी बन्ने तिर ? अझ केही बुज्रुकहरुले त येही मौकामा राजा बाहिर आएर चौका हान्नु पर्छ के हेरेर बसेको भन्ने सम्मको तल्लो स्तरको सल्लाह र् सुझाब दिएको पाईन्छ । हे लठैत हो ! राजा कुनै सस्तो अस्थिर र अराजक भिडको लोकप्रियताको धरातलमा बन्ने नेताको जस्तो पद होइन । न त मौकामा चौका हान्ने जुवाडे नै ! तिमीहरुको स्वार्थ, अत्मरती मनोरन्जान र भिडतन्त्रमा ‘राजतन्त्र’ मिसाउने दुश्साहस नगर !

विष्टको फेसबुकबाट

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -