Sunday, July 21, 2024
घरक्राइम चेकलाइसेन्सको ट्रायल जाँचमा सहभागी नक्कली परीक्षार्थी समातिए

लाइसेन्सको ट्रायल जाँचमा सहभागी नक्कली परीक्षार्थी समातिए

चन्द्रसूर्य समाचारदाता,
वीरगंज, १० भदौ ।
अरुको नाममा सवारी चालक अनुमतिपत्रको ट्रायल परीक्षा दिने एक जना नक्कली परीक्षार्थीलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले अरुको नाममा ट्रायल परीक्षा दिने बारा प्रसौनी गाउँपालिका वडा नम्बर ९ पन्टोका बस्ने २९ वर्षीय जगन साह तेलीलाई पक्राउ गरेको हो ।

तेलीलाई बाराको औरहिया गोठ बस्ने चिरंजिवी प्रसाद यादवको नामबाट लाइसेन्सको लागि ट्रायल परीक्षा दिने क्रममा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका तेलीलाई वडा प्रहरी कार्यालय श्रीपुरको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -