२०८३ जेष्ठ २४ गते, आईतवार ०६:४३

पाँच बिगाहा क्षेत्रफलमामा बसपार्क निर्माणः स्वास्थ्यमन्त्रीद्वारा उद्घाटन

चन्द्रसूर्य समाचारदाता,
वीरगंज, १० भदौ ।
वीरगञ्ज महानगरपालिकामा पाँच विघा पाँच कठ्ठा क्षेत्रफलमा नयाँ बसपार्क निर्माण भएको छ।

मंगलबार एक कार्यक्रमकाबीच उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले बसपार्ककाे उद्घाटन गरेका हुन्।

बसपार्कको उदघाटन गर्दै उपप्रधान एवं स्वास्थ्य मन्त्री यादवले बसपार्ककाे उचित रेखदेख संरक्षण गर्न सक्नुपर्ने बताए। भौतिक संरचनाका साथै शिक्षा स्वास्थ्य लगायतका क्षेत्रको पनि विकासमा जोड दिनुपर्ने उनको भनाइ थियो।

जर्मन दातृ संस्था केएफडब्लुको आर्थिक सहयोगमा नगर विकास कोषको ऋण लगानीमा आधुनिक बसपार्कको निर्माण सम्पन्न भएको हो।

२०७१ साल माघ २२ गते नै ठेक्का सम्झौता भएको बसपार्क २०७२ सालको भुकम्प, मधेस आन्दोलन, निर्माण सामाग्रीको अभाव लगायतका कारण देखाएर ठेकेदार कम्पनीले पटक–पटक म्याद थप गर्दा काममा ढिलाई भएको हो।

तीन तलाकाे बस टर्मिलनमा ५५ वटा सटर, वर्कसप, टिकट काउण्टर, महिला–पुरुष तथा अपांगमैत्री शौचालयको सुविधा, स्टोर रुम, लगेज रुम, कन्ट्रोल रुम लगायतको सुविधा रहेको छ।

बसपार्कमा बस, मिनी बस, मोटरसाईकल, रिक्सा, टाँगा लगायतका सवारी साधनको पार्किङ गर्न सकिने छ।

प्रतिक्रिया लेख्नुहोस्

पूर्वमुख्यमन्त्रीसँगै तीन जना एउटै मोटरसाइकलमा ! ट्राफिकले रोकेपछि हेलमेटले प्रहरीमाथि प्रहार, चालक पक्राउ

धनगढी । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारी सवार रहेको मोटरसाइकललाई

प्रहरी हिरासतबाट छुटेको भोलिपल्टै कारबाही: सचिव कृष्णहरि पुष्कर जिम्मेवारीविहीन

काठमाडौं। सरकारले उपराष्ट्रपति कार्यालयका सचिव कृष्णहरि पुष्करलाई जिम्मेवारीबाट हटाउँदै प्रधानमन्त्री

Live

Listen Live FM