Sunday, July 21, 2024
घरसमाचारगणतन्त्र बिरुद्ध बीरगंजमा र्याली

गणतन्त्र बिरुद्ध बीरगंजमा र्याली

चन्द्रसूर्य समाचारदाता/

वीरगंज, भदौ ।

राजा, राजसंस्था र सनातन हिन्दु अधिराज्यको समर्थनमा नेपाल राष्ट्रवाद संघ र शिवसेना नेपालले संयुक्त रुपमा निकालेको र्यालीले बीरगंज महानगरपालिका वडा नं. १ को बजार छपकैया, श्रीसिया खल्वाटोला तथा श्रीसिया भन्सार स्थित रहेका सम्पुर्ण गाउँको परिक्रमा गरेको छ ।

सो र्यालीमा हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, राजसंस्था अमर रहोस् गणतन्त्र मुर्दावाद, नेता चोर देश छोड, भ्रष्टाचारी नेता मुर्दावाद भन्ने जस्ता नारा लगाएका थिए ।

नेपाल राष्ट्रवाद संघको केन्द्रिय अध्यक्ष एवं शिव सेना नेपालका केन्द्रिय सदस्य जनक लाल साहको अध्यक्षतामा निष्किएको र्यालीमा संघका केन्द्रिय सदस्य पृथ्बी झा, पर्साका जिल्ला उपाध्यक्ष उमाशंकर प्रसाद कलवार, राजेन्द्र पाल, शिव शंकर प्रसाद, अफजल अन्सारी, मोहन महतो, सत्यदेव साह, किशोरी राउत, प्रमेश्वर साह, बीरेन्द्र साह, तैयाव देवान, राजेन्द्र बैठा, संदिप, हरेराम प्रसाद, सन्तोष कुमार गुप्ता, अकलेश यादब, केदार साह लगाययतको उपस्थिति रहेको थियो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -