एम्बुलेन्स डेढ घण्टा जाममा, चालक साईरन बजाउँदै हैरान

0
321

बीरगंज ८ भदौ । स्थानीयप्रहरी प्रशासनको हेलचेक्रयाईका कारण सदरमुकाम र ग्रामिण क्षेत्रसँग जोड्ने तिलावे पुलमा आइतबार बेलुकी बिरामी बोकेको पोखरीयाका एम्बुलेन्स डेढ घण्टा सम्मजाममा परेको समाचार छ ।

उक्तएम्बुलेन्समा रहेको बिरामी छटपटिदै गरेकाथिए । भने उनका आफन्तजन र एम्बुलेन्सका चालक बिरामीको स्थिति देखेर आतिईदै साईरन बजाउँदा बजाउदै थकित भएर बसेको डेढ घण्टा पश्चात सोपुलको अगाडी र पछाडीको करिब २किलो मिटर लामो लाईन लागेपछि तिलावे पुलनजिक रहेको प्रहरी ३ जना, ट्राफिक प्रहरी दुई जना र सशस्त्रप्रहरी ४ जना, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मियालगायत आमनागरीकहरुको सहयोगमा बल्लबल्ल सो पुलको जाम खुल्न पुगेको थियो ।

भने ग्रामिण क्षेत्रमा रहेको स्वास्थ्य उपकेन्द्र तथा स्वास्थ्य केन्द्रहरुले समेत उपचार केन्द्रमा हुन नसके पश्चात वीरगंजस्थित रहेको अस्पतालमा बर्षौ देखि पठाउदै आएका छन ।

त्यसै गरी पर्सा जिल्लाको ग्रामिण क्षेत्रबाट दिनहुँ निम्नबर्ग लगायत सरकारी तथा गैरसरकारी संघ सस्थाहरुमा हजारौको संख्यामा जिबिकोपार्जनकालागी जिल्लाको सदरमुकाम बीरगंजमा बिहानआउने र बेलुका घर फर्कने बाटोमा पर्ने तिलावे पुलको समस्या वर्षौ देखि जाम लाग्दै आएको भएतापनि नेपाल सरकारले ठोस पहल समयमै चाल्न नसकेको कारण नागरीकहरु दु:ख भोग्दै आएका छन ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्