फेसबुकमा प्रजिअलाई गाली गर्ने युवक पक्राउ

0
सांकेतिक तस्वीर

सिमरा : सामाजिक सञ्जालमार्फत गाली गरेको अभियोगमा बाराका एक युवक पक्राउ परेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत पर्साका प्रमुख जिल्ला अधिकारीलाई गाली गरेको अयिोगमा बाराको सिम्रनगढ नगरपालिका वडा नम्बर ७ खजानीका २५ बर्षिय शन्नि कुमार गुप्तालाई प्रहरीले पक्राउ गरेको हो ।

गुप्ता श्री कंकाली अटो ट्रेडर्सका संचालक समेत हुन् ।

उनले पर्साका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईलाई सामाजिक सञ्जालमार्फ अपशब्द प्रयोग गरेकाले नियन्त्रणमा लिइएको पर्सा प्रहरीले जनाएको छ ।

गुप्तामाथी आवश्यक आवश्यक अनुसन्धान भईरहेको जिल्लाका प्रहरी प्रबक्ता, प्रहरी नायब उपरिक्षक अनन्तराम शर्माले जानकारी दिए ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्