२०८२ जेष्ठ ५ गते, आईतवार ००:४७

चार वर्ष जेल बसेका हवल्दार तीन दशकपछि निर्दोष ठहर

काठमाडौं : पेस्तोल चोरीको आरोपमा यातनासहित चार वर्ष कैद भुक्तान गरेका तत्कालीन प्रहरी हवल्दार तीन दशकपछि निर्दोष ठहरिएका छन् । २०४४ सालमा जागिरबाट बर्खास्त भएका खुलबहादुर कुँवरलाई गत फागुनमा सर्वोच्च अदालतले निर्दोष ठहर गरेको हो ।

सर्वोच्च अदालतले गतसाता तयार पारेको फैसलाको पूर्णपाठमा कुँवरलाई बर्खास्त हुँदादेखि अवकास हुँदासम्मको तलब र त्यसपछिको पेन्सनसमेत दिन सरकारका नाममा दुई महिनाको समयसीमा तोकिएको छ ।

कुँवरले २०३६ साल फागुन १ गते प्रहरीमा जागिर खाएका थिए । ४२ असार ३० गते मध्यक्षेत्रीय तालिम केन्द्र काठमाडौं सरुवा भए ।

साउन १८ गते बढुवा भएर उनी तालिक केन्द्रमै कार्यरत रहेका थिए । ०४४ माघमा कोतमा रहेकामध्ये दुई रिभल्वर कम भेटियो । उनले तत्काल आफ्नो हाकिम प्रहरी निरीक्षक तुलबहादुर केसीलाई घटनाबारे जानकारी गराए । त्यसपछि नै उनलाई हतियार चोरेको आरोप लगाउँदै जेल सजायसहित जागीरबाट हटाइएको थियो । कान्तिपुर दैनिकमा यो खबर छापिएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM