Sunday, March 23, 2025
घरसमाचारराष्ट्रिय नागरिक संघर्ष समितिको इकाइ समिति गठन

राष्ट्रिय नागरिक संघर्ष समितिको इकाइ समिति गठन

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, ७ भदौ/

राजसंस्था पुनस्र्थापनाकोलागि संघर्षरत राष्ट्रिय नागरिक संघर्ष समितिको गाउँस्तरीय इकाइ समिति गठन भएको छ ।

पर्साको सुर्जाहामा भएको एक भेलाले किशोरी महतोको अध्यक्षतामा १९ सदस्यीय गाउँस्तरीय ईकाई समिति गठन भएको राष्ट्रिय नागरिक संघर्ष समिति एवं राष्ट्रवादी शान्ति समुहका अब्दुल सत्तार अंसारीले जानकारी गराउनु भयो ।

सत्तार अंसारीले चन्द्रसूर्यलाई दिनु भएको जानकारी अनुसार शनिवार गठित सो इकाई समितिको उपाध्यक्षमा महन्थ महतो रामानन्द साह तेली कोषाध्यक्ष एवं जयमंगल प्रसाद मलाहलाई सचिवको जिम्मेवारी दिइएको छ भने सदस्यहरूमा रामाश्रये सहनी, विष्णु सहनी, पर्शुराम महतो, शम्भु महतो, जगी कुम्हार, फुलसरिफ मिया, प्रयाग सहनी, रामानन्द प्रसाद साह तेली, साधु कुमारी दास, शिव सहनी मलाह, जितमान सहनी, इद्रिस मियाँ लगायत रहेका छन् ।

राष्ट्रवादी शान्ति समूहका संस्थापक अध्यक्ष एवं राष्ट्रिय नागरिक संघर्ष समिति पर्साका संयोजक अब्दुल सतार अंसारीको प्रमुख अतिथ्यमा भएको सो कार्यक्रममा जयकरण चौधरी, नन्द किशोर, जगदीश साह, दुःखी नारायण साह लगायतको उपस्थिति रहेको थियो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -