काठमाडौं– पूर्वयूवराज पारस शाहले नेपाल एकीकरणका योद्धा काजी कालु पाँडेलाई सम्मान अर्पण गरेका छन्।
काठमाडौँ महानगरपालिका नागर्जुन, वडा नं ७, दहचोकस्थित कालु पाँडेको समाधिमा पुगेर पूर्व युवराज शाहले काजी कालु पाँडेलाई सम्झिएका हुन्।
दहचोकस्थित ऐतिहासिक स्थल अवलोकन गर्ने क्रममा पारस कालु पाँडेको समाधिस्थल पुगेका थिए।
कीर्तिपुरको लडाईमा पाँडेले वीरगति प्राप्त गरेपछि गोरखा देखिने ठाउँमा शव गाडिदिनु भन्ने इच्छा व्यक्त गरे बमोजिम उनको शीर दहचोकमा गाडिएको इतिहास छ।
पूर्व यूवराज आउने खबर सुनेर स्थानीयहरु उनकाे स्वागतका लागि सहभागि भएका थिए। दहचोक प्रवेश गर्ने क्रममा पंचकन्याले पारसको स्वागत गरेका थिए। कान्काली, दहचोक र कालु पाँडेको समाधिस्थल, तीन ठाउँमा स्थानीयले घडा कलश राखेका थिए।