वीरगंज, ७ भदौ । पर्सामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको ज्यान गएको छ।
पर्साको पकाहामैनपुर गाउँपालिका वडा नम्बर–२ सुर्जाहा बस्ने रामेश्वर रामकी श्रीमती २५ वर्षीय कोशीला देवी चमइन र सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर–१ सिरही टोल बस्ने जित महतो थारुका १५ वर्षीय छोरा अमित महतो थारुको ज्यान गएको हो।
रामेशवरकी श्रीमती कोशिलाको घरमा हिडडुल गर्ने क्रममा लडेर अप्रेसन गरेको अंगमा चोट लागि घरमै मुत्यु भएको पर्सा प्रहरीले जनाएको छ। मृतक कोशिलाको केही दिन पहिला पाठेघरको अप्रेसन भएको थियो।
इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले मृतक कोशिलाको शवलाई नियन्त्रणमा लिई पोष्टमार्टमको लागि काठमाण्डाैँ टिचिङ हस्पिटलमा पठाईएको तथा घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
यस्तै मृतक अमितले आफ्नै घरको आफै सुत्ने कोठामा प्लास्टिकको डोरीले पासो लगाई आत्महत्या गरेको अवस्थामा शव फेला परेको थियो।
झुन्डिएर मृत्यु भएको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले शव नियन्त्रणमा लिई पाष्टमार्टमको लागि नारायणी अस्पतालमा पठाएको पर्सा प्रहरीले जनाएको छ।