उपनिर्वाचनमा ५० पदकालागि ४० करोड खर्च गर्दै निर्वाचन आयोग

0
काठमाण्डाै – निर्वाचन आयोगले आगामी मङ्सिर १४ गतेका लागि तोकेको उपचुनावमा ५५० मतदान केन्द्र कायम हुने जानकारी दिएको छ ।
 
आयोगका प्रवक्ता शङ्करप्रसाद खरेलका अनुसार प्रतिनिधिसभाको एक, प्रदेशसभाका तीन र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक र वडाध्यक्ष ४१ समेत गरी ५० पदका लागि हुने उक्त चुनावमा करिब पाँच लाख मतदातालाई मतदान गर्ने अधिकार हुनेछ ।
 
गएको साउन १६ गते १८ वर्ष उमेर पुगेका तत् निर्वाचन केन्द्रमा मतदाता नामावलीमा नाम समावेश भएका नेपाली नागरिकले मतदानमा भाग लिन पाउनेछन् । करिब ६ हजार ८०० जनशक्ति परिचालन गर्नुपर्ने अनुमान गरिएको याे चुनावका लागि आयोगले ४० करोड रुपैयाँ रकम प्रस्ताव गरी निकासाका लागि अर्थमन्त्रालयमा पत्रचार गरिसकेको छ ।
 
चुनावकाे तयारीका लागि आयोग तीव्रताका साथ जुटिरहेको प्रवक्ता खरेलले जानकारी दिनुभयो ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्