Sunday, November 10, 2024
घरसमाचारपूर्व युवराज पारसले माफी मागे

पूर्व युवराज पारसले माफी मागे

चन्द्रसूर्य समाचारदाता/
काठमाण्डौ, २ भदौ/ 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो भएको घटना सम्बन्धमा श्री ५ युवराजाधिराज पारस वीर विक्रम शाहले स्पष्ट पार्दै आफ्नो फेसबुक वालमा लेखेका छन्,…!

विमानस्थलमा प्रहरीलाई दुर्व्यवहार किन त ? यसो भन्छन् पारस शाह

विमानस्थलमा प्रहरीलाई दुर्व्यवहार गरेको घटना प्रति पूर्व युवराज पारस शाहले माफी माग्दै सामाजिक सञ्जाल फेसबुक मार्फत् स्टाटस् लेख्दै स्पष्टीकरण दिएका छन् । उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा त्यहाँका प्रहरी अधिकृतले आफ्नो छोरामाथि डण्डा बर्साएपछि सहन नसकेको र उनीमाथि जाइलागेको बताएका छन् ।

उनले स्पष्टीकरणमा लेखेका छन्, मेरो आमा उपचारको क्रममा बैंकक जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जब त्यहाँका प्रहरी अधिकृतले मेरो छोरामाथि डण्डा बर्साए, एउटा बाबुको नाताले मैले सहन सकिन र उनीमाथि जाइलागें ।

उनले त्यसबेला आमा बिरामी भएकोले तनाबमा रहेको बताउँदै भनेका छन्, “त्यसैपनि म आमाको बिरामीले खराब मनस्थितिमा थिएँ । मैले जे गरें एउटा बाबुको नाताले गर्नुपर्ने कर्तब्य गरे यो कुराको छिनोफानो म नेपाली जनतालाई दिन्छु ।”  पारस शाहको स्टाटस जस्ताको तस्तै यहाँ प्रस्तुत गरिएको छ ।

आफ्ना छोरा र भान्जामाथि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले दुर्व्यवहार गरेपछि आक्रोशित बनेका पूर्व युवराज पारस शाह ती प्रहरी नायब निरीक्षकमाथि आक्रोशित भएका थिए ।

भिडियो हेर्न दिइएको लिंकमा क्लिक गर्नुहोस् ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -