Tuesday, November 5, 2024
घरक्राइम चेकपर्साको दुर्गम गाउँमा लाग्यो प्रचण्ड चोर देश छोडको नारा (भिडियोसहित)

पर्साको दुर्गम गाउँमा लाग्यो प्रचण्ड चोर देश छोडको नारा (भिडियोसहित)

क्राइमचेक प्रतिनिधि/
वीरगंज/नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डलाई खबरदारी गर्दै पर्साको दुर्गम गाउँमा “प्रचण्ड–चोर, देश छोड”को नारा लगाइएको छ ।

केही दिन अघि प्रचण्डले राजसंस्थाप्रति आस्थावान राष्ट्रवादी नेपालीहरू र राजा ज्ञानेन्द्रलाई लक्षित गर्दै राजा ज्ञानेन्द्रलाई नागार्जुन दरबारबाट निकाल्ने धम्कीयुक्त अभिव्यक्ति दिएको विरुद्धमा पर्साको वीरगंज लगायत देशभरका नागरिकहरूले आलोचना गरिरहेका छन् ।

सोही क्रममा बुधवार पर्साको पिछडिएको गाउँ रामनगरी (बहुदरमाई नगरपालिका)मा नेपाल राष्ट्रवाद संघ केन्द्रिय कार्यसमितिको अगुवाईमा नाराजुलुश सहित प्रदर्शन गरियो ।

सो प्रदर्शनमा गाउँ परिक्रमा गर्ने क्रममा सहभागीहरूले “नेता चोर, देश छोड, राजारानी जिन्दावाद, राजसंस्था अमररहोस्, गणतन्त्र मुर्दावाद, भ्रष्टाचारी नेता, देश छोड, हिन्दू अधिराज्य कायम गर” जस्ता नारा लगाइएको थियो ।

गाउँ परिक्रमा गर्ने क्रममा नेपाल राष्ट्रवाद संघ एवं शिव सेना नेपालमा आवद्धता जनाएका व्यक्तित्वहरूका साथसाथै स्थानीय गाउँले र बालबालिका समेत स्वःस्फूर्त रुपमा सहभागी बनाएर नेताहरूविरुद्ध नारावाजी गरेका थिए ।

नेपाल राष्ट्रवाद संघका केन्द्रिय अध्यक्ष एवं शिव सेना नेपालका केन्द्रिय सदस्य जनकलाल साहको नेतृत्वमा भएको सो विरोध प्रदर्शनी कार्यक्रममा पृथ्वी झा, उमाशंकर प्रसाद कलवार, अफजल अंसारी, अकलेश यादव, तैयव देवान, विक्रम साह तेली, सोनु कुमार पंडित, अमरदेव राम, मंगल गोसाइ, चुलाई मिया मिया, लालमुनी देवी, राधिका देवी तुर्हा, राजेन्द्र पाल, सन्तोष कुमार गुप्ता, हरेराम रौनियार, संघका जिल्ला अध्यक्ष संगीता देवी शाह लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमलाई समापन गर्ने क्रममा कोणसभामा बोल्नुहुँदै संघका केन्द्रिय अध्यक्ष जनकलाल शाहले गणतन्त्र र दुई तिहाईको दम्भमा जथाभावी बोल्ने छुट कसैलाई छैन । नेपाल अधिराज्यको परिकल्पनाकार एवं राष्ट्र निर्माता पृथ्वी नारायण शाहका वंशावली राजा ज्ञानेन्द्र र सम्पूर्ण नेपालीको साझा चौतारीको रुपमा रहेको स्वच्छ छाहारीमुलक संस्था राजसंस्था विरुद्ध बोलेर विदेशी पादरीलाई रिझाउनेहरूलाई जनताले ठेगान लगाउने छन् ।

स्वच्छ र निर्मल छविका राजसंस्था र राजपरिवारका सदस्य विरुद्ध जथाभावी बोलेर आस्थावान जनताहरूको भावनामाथि ठेस पुर्याइरहने जोकोहीलाई समयले पाठ सिकाउने अध्यक्ष शाहले बताए ।

हेर्नुस् भिडियो

https://facebook.com/story.php?story_fbid=898234027212526&id=387508718285062

२०७६ साउन ३० गते क्राइम चेकमा प्रकाशित

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -