२०८२ माघ २८ गते, बुधबार ०५:५१

रातारात बन्छ सोयाबिन तेलबाट सूर्यमूखी तेल

चितवन, २८ साउन ।

नारायणगढको बेलचोेक नौघरेमा रहेको स्वर्णिम प्याकेजिङ्ग उद्योग प्रालिले उपभोक्ता स्वास्थ्यमाथि निकै ठुलो खेलबाड गरेको छ । खाने तेल उत्पादन गर्दै आएको यो उद्योगले नियमनकारी सरकारी निकायको आँखामा छारो हाली उपभोक्ताको स्वास्थ्यमा चरम खेलवाडका साथै राज्यको लाखौँ रुपैयाँ कर ठगी गर्ने गलत धन्दामा सक्रिय भएको छ ।

केहि समय अगाडिसम्म सनरेज ब्राण्डकै तोरीको तेल उत्पादन गरेको यो उद्योगले अहिले सनरेजकै सूर्यमुखी तेल उत्पादन गरेको छ । उद्योगले सोयाबिनको तेल खरिद गरेर आफ्नो ब्राण्ड हाली सूर्यमुखी भनेर बजारमा बिक्री गरेको पाइएको छ । उसले तेल खरिद गरेको बिलमा सोयाबिन भनी उल्लेख छ । त्यही तेल उद्योगमा ल्याएर प्याकेजिङ गरी बजारमा पठाउँदा सोयाबिनलाई सूर्यमुखी बनाएर बिक्री गरेको पाइएको छ । 


उद्योगले खरिद गरेको तेल र उत्पादन गरी बिक्री गरेको अवस्था हेर्दा सिधै राज्यलाई चुनौती दिँदै मानव स्वास्थ्यमाथि खेलवाड र ठगी गर्दै रातारात धनी बन्ने गलत धन्दाका पछाडि उद्योग सञ्चालक लागेको प्रष्ट हुन्छ । उद्योगको यो ठगी धन्दाबाट उपभोक्ता सिधै आर्थिक रुपमा पनि ठगिन पुगेका छन् भने सोयाबिनलाई सूर्यमुखी भनेर बिक्री गर्दा उपभोक्ताको स्वास्थ्यमा समेत खेलवाड भएको छ । यसले राज्यलाई पनि राजस्वमा समेत ठगी गरेको छ ।


उद्योगले अहिले बाहिरी जिल्लाबाट पेलिएको सोयाबिन तेल ट्यांकरमा हालेर ल्याएर यहाँ पोका बनाएर सूर्यमुखी भनेर बिक्री गरेको छ । उद्योगका संचालक निरञ्जनलाल श्रेष्ठले आफूहरुले सूर्यमुखी तेलमात्रै उत्पादन गर्ने बताउनु भयो ।


सोयाबिन खरिद गरी ल्याएर सूर्यमुखी भनी बिक्री गर्नु उपभोक्ता र राज्यमाथिकै ठगी भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका खाद्य निरीक्षक प्रदिप काफ्लेले बताउनु भयो । खाद्य ऐनमा कुनै पनि बस्तुमा मिसावट गरी बिक्री गरेको पाइएमा संचालकलाई ५० हजारसम्म जरिवना वा ५ वर्षसम्म कैद वा दुबै सजाय हुन सक्ने ब्यवस्था छ । 


केही उद्योगीहरुले राज्य र उपभोक्तालाई ठगी लुटधन्दा मच्चाएका छन् । उनीहरुले जनस्वास्थ्यमा गम्भीर असर पर्ने लापरबाहीपूर्ण काम गरेर गैरव्यावसायिक आचरण प्रस्तुत गरेका छन् । केही उद्योगहरुको प्रमाण सहित आएका गुनासोहरुलाई आधार बनाएर खोजी गरी हामीले थप केही उद्योगीको ठगी धन्दाको पर्दाफास गर्ने तयारी गरेका छौ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM