वीरगंजमा शक्तिशाली विष्फोट, तीन घाइते

0

वीरगंज, २४ श्रावण ।
वीरगञ्जमा शक्तिशाली विष्फोट हुँदा ३ जना घाइते भएका छन् । वीरगञ्ज-४, विर्ता बजारमा शुक्रबार साँझ बिस्फोट भएकाे हाे ।

घाइतेको नारायणी अस्पतालमा उपचार भइरहेको स्रोतले बताएकाे छ । स्थानीय मिठु शंकरको कागती पसलमा साँझ साढे ७ बजे बिस्फोट भएको जनाइएको छ ।

घाइतेको नाम सार्वजनिक गरिएको छैन । अहिले घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान भइरहेकाे छ । जिल्ला प्रहरी कार्यालय, पर्साले विस्फोटक पदार्थ पड्किएर ३ जना घाइते भएको पुष्टि गरेको छ । तर बम नभइ माल्टा बारुद भनिने पटका पड्किएको देखिएको प्रहरी दावी छ ।

घाइतेको अवस्था चिन्ताजनक रहेको बताइएको छ । बिस्फोटबारे थप विवरण आउन बाकि छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्