Saturday, November 9, 2024
घरसमाचारराजावादी र काँग्रेसी विरुद्ध खनिए प्रचण्ड ! भने, "हाम्रो उदारताले बाँचेका छन्,...

राजावादी र काँग्रेसी विरुद्ध खनिए प्रचण्ड ! भने, “हाम्रो उदारताले बाँचेका छन्, नत्र खरानी हुन क्षणभर लाग्दैन”

काठमाडौं, २३ साउन। नेपालमा संविधानसभाको निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा, स्थानीय सरकार, प्रादेशिक सरकार र संघीय सरकारका संरचनाहरु निर्माण गर्ने कुरा रातारात गरिएका परिवर्तनका कुरा होइनन्, यो नाटकीय ढंगले भएको परिवर्तन पनि होइन। नेपाली जनताले राणाशाही आन्दोलनको बेलादेखि, ००७ साल वरिपरीदेखि संविधानसभाको निर्वाचन नहुँदासम्म र संविधानसभाको निर्वाचनबाट संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा भएर तीन तहको निर्वाचन नहुँदासम्म नेपाली जनताले गरेको अनवरत संघर्ष, त्याग र बलिदानको परिणाम हो।

झण्डै ७० वर्ष नेपाली जनताले, यहाँका उत्पीडित वर्ग, उत्पीडितजाति, क्षेत्र, लिंग, समुदाय सबैको संघर्ष, बलिदानको कुल योगफलको रुपमा आजको संविधान र संरचना छ। र, यो संरचनाले विकास गर्नुपर्दछ। जनताको आकांक्षालाई सम्बोधन गर्नुपर्दछ। त्यसैले हाम्रो पार्टी र हाम्रो पार्टी नेतृत्वको सरकारले आफ्नो सपनाको रुपमा समृद्ध नेपाल र सुखी नेपाली निर्माण गर्ने राष्ट्रिय सपना बोकेको छ। डेढ वर्षमा हामी गर्यौ, के गरेनौँ भन्ने कुरा तपाई हामीमाझ छर्लङ्गै छ।

यो बीचमा हामीले संसद्बाट थुप्रै ऐन कानुन बनाउनुपर्ने थियो। यदि हामीले संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउनका लागि आवश्यक ऐन कानुन नबनाएको भए यो सिस्टम नै धरापमा पथ्र्यो। हाम्रो सरकारले युद्धस्तरमा काम गरेर गएको असोज ३ गतेभित्र नबनाई नहुने कानुनहरु सबै बनाएको छ र यो सिस्टमलाई बलशाली बनाएको छ। तीनवटै तहका सरकारहरुले विकास निर्माणका कामहरु गरेको छ। संघीय सरकारले पहिलो वर्षलाई आधार वर्षको रुपमा लिइएको छ। अब काम गर्नुपर्छ भनेर तीव्र गतिमा काम अगाडि बढाएको छ।

हामीले उदारतापूर्वक लोकतान्त्रिक ढंगले बस्न दिएको त आठ दश वर्ष बित्न नपाउँदै, संविधान घोषणा भएको र निर्वाचन भएको २ वर्ष बित्न नपाउँदै उनीहरुले जे बकबास गर्न थालेका छन्, यदि उनीहरुले यसरी नै संघीय लोकतान्त्रिक गणतन्त्रको विरुद्ध गालीगलौज र बकबास गर्न थाल्यो भने मलाई के विश्वास छ भने उनीहरुलाई नेपाली जनताले उनीहरुलाई छुट दिने छैनन्, हामी नेताहरु नेपाली जनताको काख र हितभन्दा बाहिर हुने छैनौँ। यो उनीहरुलाई हाम्रो खबरदारी मात्रै होइन, हाम्रो सुझाव पनि हो।

हामीलाई थाहा छ, ५० औँ वर्षमा बिगारिएको संरचना, थुपारिएको फोहरको डंगुरलाई सफा गर्ने काम हाम्रो जिम्मामा परेको छ। भन्नुहुन्छ भने अन्य राजनीतिक दल र सिस्टमले जस्तो सँस्कार विकास गर्यो, त्यो सँस्कार भत्काउने र नयाँ प्रगतीशील सँस्कार विकास गर्ने क्रममा हामी छौँ। बिहानले दिन देखाउँछ भनेझैँ देशैभर स्थानीय सरकारले सानातिना विकास निर्माणका कामहरु, शिक्षा, स्वास्थ्य रोजगार लगायतका कामहरु जसरी गरेको छ, सातै प्रदेशले सामाजिक सुरक्षा कार्यक्रमसँग सम्बन्धित कामहरु गरेको छ र केन्द्र सरकारले जनताको भावना र अपेक्षालाई बुझेर जसरी काम अगाडि बढाएको छ, यसले आगामी दिनमा ठूलाठूला विकासका कामहरु हुन्छ भन्ने विश्वास दिलाएको छ।

केही मान्छेहरु अब यो सिस्टम फेल भयो। तपाईहरुले सुन्नुभयो होला, हिजो सामन्ती राजा महाराजाहरुको चाकडी र गुलामी गर्ने केही त्यस्ता दलालहरु, दासहरु अहिले अब सरकार होइन सिस्टम नै फेर्नुपर्ने बेला आयो भनेर भनेका छन्। सरकार गठन भएको जम्मा डेढ वर्ष मात्रै भयो, स्थानीय सरकार गठन भएको पनि २ वर्ष मात्रै भएको छ, तर तिनीहरुले सिस्टम बदल्ने कुरा गरेका छन्। एकथरी मान्छेहरुले चाहिँ राजालाई ल्याउँछौँ भनेर हल्ला गरेको पनि तपाईहरुले पनि सुन्नुभएको होला।

कतिपयले विभिन्न बहानामा परिवर्तन पक्षधरताहरुलाई कुनै न कुनै रुपमा अप्ठ्यारोमा पार्ने षड्यन्त्रहरु गरेको पनि थाहा पाउनुभएको होला। ती मान्छेहरु जसले जिन्दगीभरी सामन्तवादको, निरंकुशतन्त्रको, तानाशाहीको दलाली र चाकडी गरे, र तपाई हामी गाउँघरका र देशभरीका जनताले र त्यसको नेतृत्व गरेको पार्टीले दुख कष्ट, त्याग, तपश्या बलिदानको ऐतिहासिक कीर्तिमानहरु कायम गरेर, एक वर्ष होइन, दुई वर्ष होइन, पचासौँ वर्ष लडेर यो परिवर्तन आएको हो।

मानौँ ती हिजोका राजा महाराजाका दलालहरुले सजिलै अब यो गणतन्त्रलाई उल्ट्याउन सकिन्छ भन्नेजस्ता बकबासहरु, होहल्लाहरु अहिले गर्न थालेका छन्। तिनीहरुका ती बकबास गाउँका जनताहरुले सुविधा नपाउन् भन्नेखालका बकबास हुन्। देशभरी विकासले जो गति लिन थालेको छ, त्यो गति रोक्ने र फेरि निरंकुशतातिर पिस्नेतर्फ फर्काउने दिवासपना तिनीहरुले देखेका छन्। म अपिल गर्न चाहन्छु, उनीहरुले फेरि नेपाली जनतालाई रैती र दास बनाउने दिवासपना देखेका छन्, त्यो कहिल्यै पूरा हुने छैन, त्यसलाई कुनै हालतमा पूरा हुन दिइने छैन।

सानो दुखले, त्यागले, तपश्याले यो ठाउँमा आएका होइनौँ। हामीलाई कसैले दयामाया गरेर कम्युनिष्ट पार्टीलाई दुईतिहाई बहुमत दिएको होइन। हिजोका तानाशाहहरुले दोस्रोपटक प्रधानमन्त्री हुँदा नेपाललाई एकताबद्ध गर्ने र निर्वाचनतिर लैजाने, र देशलाई नयाँ गतितिर लैजाने अनि कम्युनिष्ट पार्टीलाई एकताबद्ध गर्ने र एउटा शक्तिशाली कम्युनिष्ट पार्टीको नेतृत्व गर्नेमध्ये एक हुने अवसर मलाई मिल्यो। यो के हिजोका राजा महाराजाहरुले दिएको अधिकार हो त ? हिजोका कांग्रेसीहरुले दिएको अधिकार हो त ?

यो त तपाईहरुले, तपाईहरुजस्ता जनसमुदायहरु, जसले रातदिन मेहनत गरेर हामीलाई बचाउनुभयो, हुर्काउनुभयो, त्यो कारण तपाईहरुको योगदानले, भरोसाले, तपाईहरुको विश्वासले, तपाईहरुको मायाले नै हामी यो ठाउँमा छौँ। यदि उनीहरुको लागेको पुगेको हुँदो हो त मलाई त जिउँदै ल्याए पनि टाउको मात्रै ल्याए पनि ५० लाखको इनाम पनि दिएकै थियो।

हिजोका सरकारहरुले नेपाली जनताका लागि के गर्यो भन्ने हामीलाई थाहा छैन ? त्यसकारण मेरो भनाईको तात्पर्य के हो भने आजभोलि एकथरी तानाशाह र निरंकुशताका पुजारीहरु, एकथरी राजा महाराजाका दासहरु अहिले संघीय लोकतान्त्रिक गणतन्त्रको विरुद्ध बकबास गर्न थालेका छन्। म तिनीहरुलाई चुनौती दिन चाहन्छु, उनीहरु बडो चाहिँ हामी अगाडि आयौँ भन्ने ठानेका छन्, ३ करोड नेपाली जनताको आवेगमा पर्यो भने तिनीहरु खरानी हुन क्षणभर पनि लाग्दैन।

तिनीहरुले त अहिलेका हाम्रो पार्टी र नेताहरुलाई त धन्यवाद र बधाई दिनुपर्छ कि हामी छाडिदिएका छौँ। हामीले ज्ञानेन्द्रलाई सुरक्षासहित् उदारतापूर्वक नागार्जुनमा बस्न दिएका छौँ। हामीले उनीहरुलाई नेपाली जनताको उदार मन र तपाईहरुले हुर्काएका हामी छोराछोरी हाम्रो मन पनि उदार नै छौँ। हामी यदि कोही शरण पर्न आउँछ भने हामी त्यसको मरण गर्दैनौँ।
हामीले उदारतापूर्वक लोकतान्त्रिक ढंगले बस्न दिएको त आठ दश वर्ष बित्न नपाउँदै, संविधान घोषणा भएको र निर्वाचन भएको २ वर्ष बित्न नपाउँदै उनीहरुले जे बकबास गर्न थालेका छन्, यदि उनीहरुले यसरी नै संघीय लोकतान्त्रिक गणतन्त्रको विरुद्ध गालीगलौज र बकबास गर्न थाल्यो भने मलाई के विश्वास छ भने उनीहरुलाई नेपाली जनताले उनीहरुलाई छुट दिने छैनन्, हामी नेताहरु नेपाली जनताको काख र हितभन्दा बाहिर हुने छैनौँ।

यो उनीहरुलाई हाम्रो खबरदारी मात्रै होइन, हाम्रो सुझाव पनि हो। बकबास गर्न बन्द गरे हुन्छ। नेपाली जनताको हजारौँ छोराछोरीले रगत बगाएर ल्याएको यो गणतन्त्रको रक्षाको लागि हजारौँ, लाखौँ बलिदान गर्न तयार छ। तिमीहरुले यति सजिलो ठानेका छौँ भने त्यो तिमीहरुको मुर्खता हुनेछ, समयमै तिमीहरुले बुझे हुन्छ भनेर म भन्न चाहन्छु।

कुशेश्वर महादेवस्थान गजुलदह, सिन्धुलीको पुल उद्घाटनको अवसरमा अध्यक्ष प्रचण्डले व्यक्त गरेको मन्तव्यको सम्पादित अंश ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -