Tuesday, May 21, 2024
घरसमाचारप्रचण्डको पुतलामा प्रहरीको बूट

प्रचण्डको पुतलामा प्रहरीको बूट

चन्द्रसूर्य समाचारदाता/
वीरगंज, २२ श्रावण/
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पुतलामा प्रहरीले बूट वर्षाएको छ ।
राष्ट्रिय नागरिक संघर्ष समिति एवं राष्ट्रवादी शान्ति समूहले पर्साको वीरगंजमा आयोजना गरेको विरोधसभा र प्रचण्डको पुतला दहन कार्यक्रममा आगो लगाइएको पुतला खोसेर पर्सा प्रहरीले लात्ती र बूटले आगो निभाउने प्रयास गरेका थिए ।

राष्ट्रिय नागरिक संघर्ष समिति एवम राष्ट्वादी नागरिक शान्ति समुहका अब्दुल सत्तार अन्सारीले जनाए अनुसार बिगा राउत गदी, सुरेन्द्र बाबा, सुरेश यादव, राम अयोध्या प्रसाद, अनुराणा, भीष यादव, महिन्द्र प्रसाद साह, राजकिशोर चौबे, भूषण तत्वा लगायतका राष्ट्रवादी नागरिकहरुको उपस्थितिमा वीरगंजको घण्टाघरमा आयोजित सो विरोधसभा र पुतला दहन कार्यक्रममा प्रचण्ड चोर देश छोड़, जनहत्यारा प्रचण्डलाई फाँसी दे जस्ता नारा सहित विरोध जनाइएको थियो ।

नेकपाका अध्यक्ष प्रचण्डले तीन दिन अघि राजा ज्ञानेन्द्रलाई नागार्जुनबाट निकाला गर्ने अभिव्यक्ति दिएपछि देशभरका नागरिकहरू चौतर्फी विरोधमा उत्रिएर प्रचण्डलाई खबरदारी गरिरहेका छन् ।

सामाजिक संजालबाट शुरू भएको विरोध यतिखेर वीरगंज लगायतका शहर र जिल्ला जिल्लामा हुन थालेपछि राजसंस्थाप्रति जनताको माया र नेकपाको तानाशाही प्रबृत्ति प्रतिको आक्रोश छर्लंग हुन्छ ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -