Tuesday, October 15, 2024
घरसमाचारसमाजसेवी केडियाले मनाए ७५औं जन्मदिन, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा केडियाको योगदान महत्वपूर्ण...

समाजसेवी केडियाले मनाए ७५औं जन्मदिन, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा केडियाको योगदान महत्वपूर्ण : चतुर्वेदी  

चन्द्रसूर्य समाचारदाता/

वीरगंज २१ साउन/ डि.ए.भी.आर.बी.केडिया स्कुल परवानीपुर, वीरगंजले आफनो विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष एवं समाजसेवी ताराचन्द केडियाको आज विद्यालयको सभाहलमा ७५ औं शुभ जन्मोत्सव कार्यक्रमको आयोजना गर्यो ।

उक्त शुभ जन्मोत्सव कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष ताराचन्द केडियाले केक काटेर आफना केडिया परिवार, विद्यालयका शिक्षक-शिक्षिका, अध्यनरत बालबालिक लगायत कार्यक्रमका प्रमुख अतिथि र अतिथिहरूलाई केक ख्वाउनु भएको थियो ।

त्यसैगरी प्रमुख अतिथि, अतिथि, केडिया परिवार लगायत विद्यालयका शिक्षक/शिक्षिका तथा बालबालिकाहरुले समेत विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष केडियालाई उपहार प्रदान गरी केक ख्वाई शुभकामना तथा बधाई ज्ञापन गर्नुको साथै उहाँको सु-स्वास्थ्य र दिर्घायुको कामना समेत कार्यक्रममा गरेका थिए ।

त्यसैगरी उहाँभन्दा कम उमेर भएका घरपरिवारका सदस्य लगायत अन्यहरुले शुभकामना तथा बधाई ज्ञापन गर्नुको साथै उहाँको सु-स्वास्थ्य र दिर्घायुको कामना गर्दै अध्यक्ष केडियाबाट अशिष समेत लिएको कार्यक्रममा देखियो ।

सो शुभ जन्मोत्सव कार्यक्रमका प्रमुख अतिथि भारतीय महावाणिज्य दुतवास कार्यालय बीरगंजका जनरल काउन्सिलर रमेश चर्तुवेदीले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा समाजसेवी केडियाले शिक्षा तथा स्वस्थ्य क्षेत्रमा अहंम भुमिका निर्वाह गर्नुको साथै बिशेष योगदान पुर्याउँदै आउनु भएको चर्चा गर्दै केडियालाई शुभकामना तथा बधाई ज्ञापन गर्नुकोसाथै उहाँको सु-स्वास्थ्य तथा दिर्घायुको कामना समेत गर्नुभयो ।

कार्यक्रमका अतिथि वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल केडिया, बीरगंज महानगरपालिका कार्यालयको शिक्षा विभाग महाशाखाका प्रमुख अरबिन्द लाल कर्ण, होटल ब्यवसायी संघका मोहन लाल श्रेष्ठ, केडिया डेण्टल हस्पिटलका प्रमुख तथा विद्यालयका भ्वाईस चेयरमैन डा.बिजय अग्रवाल, रिपोर्टस क्लब नेपाल मधेश क्षेत्रीय संयोजक तथा शाखा अध्यक्ष कन्हैया गुप्ता, चन्द्रसूर्यवाणी दैनिकका प्रबन्ध निर्देशक राकेश चौरसिया, वी.उ.म.न.पा. ५ नं. वडा समितिका वडा अध्यक्ष प्रदीप चौरसिया, सौरभ केडिया, मोहित केडिया, प्रियंका केडिया, रोहित केडिया, सज्जन केडिया, मानसि केडिया, मनोज केडिया, सबिता केडिया, विद्यालयका भ्वाईस प्रिन्सिपल सुधिर सिंह, विद्यालयका दिलिप गुप्ता, धन्नजय मिश्र, प्रिन्सिपल डा. त्रिदिव उपाध्याय लगायत शिक्षक-शिक्षिका तथा समाजसेवीहरुले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष केडियाको ७५ औ शुभ जन्मोत्सव कार्यक्रममा आ आफनो शुभकामना तथा बधाई ज्ञापन गर्नुकोसाथै उहाँको सु-स्वास्थ्य तथा दिर्घायुको कामना समेत कार्यक्रममा गरेका छन ।

विद्यालय व्यवस्थापनका अध्यक्ष केडियाले जन्मदिनको अवसरमा बिभिन्न महानुभाव तथा अग्रजहरुले दिनुभएको मार्गदर्शनलाई लिएर अगाडी बढने कार्यक्रममा भन्नुभयो ।

साथै सो कार्यक्रममा उपस्थित अतिथि महानुभावहरुलाई विद्यालयका तर्फबाट मायाको चिनो समेत प्रदान गरिएको थियो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -