Wednesday, June 19, 2024
घरसमाचारविदेशी युवतीसँग उद्योगपति गोल्छा र मुरारकाको गोप्य तस्वीर सार्वजनिक

विदेशी युवतीसँग उद्योगपति गोल्छा र मुरारकाको गोप्य तस्वीर सार्वजनिक

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका र वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाको रहस्यमय र गोप्य तस्विर सार्वजनिक गरेको छ ।

प्राधिकरणको आधिकारिक इमेलबाट सार्वजनिक गरिएको उक्त तस्विरमा गोल्छा, मुरारकासहितका व्यक्तिहरु विदेशी युवतीहरुसँग मदिरापान गरेर रमाइलो गरिरहेको देखिन्छ ।

तस्विर हेर्दा विदेशको जस्तो देखिए पनि प्राधिकरणले कहाँको तस्विर ? हो भन्ने खुलाएको छैन् । तस्विर सार्वजनिक गरेपछि प्राधिकरणले भुलबस भएको भन्दै अर्को इमेल पठाएको थियो । गोल्छा र मुरारका महासंघभित्र एउटै गुटमा रहेर काम गर्दै आएका छन् ।

महासंघभित्र विशेष साधारणसभा, विधान संशोधन र आगामी नेतृत्वको विषयमा बहस भइरहेको बेला यो तस्विरले ठूलै हलचल मच्चिने देखिएको छ ।

श्रोत: कर्पोरेट ऑनलाइन

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -