२०८२ जेष्ठ ४ गते, शनिबार २३:२४

वीरगंजमा लाग्यो “प्रचण्ड चोर देश छोड़”को नारा

चन्द्रसूर्य समाचारदाता/

वीरगंज, २१ श्रावण/

वीरगंजमा “प्रचण्ड चोर देश छोड़” भन्दै जुलुस प्रदर्शन गरिएको छ ।

नेपाल राष्ट्रवाद संघ केन्द्रिय कार्य समिति, जिल्ला कार्य समिति र शिव सेना नेपालको अगुवाईमा वीरगंजको घंटाघरबाट निकालिएको जुलुसमा सहभागीहरूले “प्रचण्ड चोर देश छोड़, जथाभावी बोल्न पाइन्न, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ, राजा ल्याऊं देश बचाऊँ” लगायतका नारा लगाउँदै माइस्थान, महावीर स्थान, आदर्शनगर, कैलाश चोक, घडिअर्वा हुँदै पुनः घंटाघरमा पुगी कोण सभमा परिणत भएको थियो ।

सो विरोध सभामा बोल्दै नेपाल राष्ट्रवाद संघका केन्द्रिय अध्यक्ष जनकलाल शाहले पूर्व आतंककारी, १७ हजार नागरिकका हत्यारा प्रचण्डले जथाभावी बोलेर नेपाल राष्ट्रका निर्माता र राष्ट्रिय एकताका प्रतीक पृथ्वी नारायण शाहका वंशज श्री ५ ज्ञानेन्द्रलाई निर्मल निवासबाट निकाला गर्ने अभिव्यक्ति दिनु सम्पूर्ण नेपालीको अस्थामाथिको प्रहार भएकोले यस्ता हर्कत नगर्न चेतावनी दिएका छन् ।

अध्यक्ष शाहले राजा, राजपरिवार, र राजसंस्थाप्रति आस्थावान देशभक्त विरुद्ध बोल्ने, टीका टिप्पणी गर्ने अधिकार विदेशी दलाल, जनहत्यारा, र भ्रष्टाचारीका नाइकेहरुलाई नरहेकोले यस्ता अभिव्यक्ति दोहोरिएमा नेपाली जनताले पाठ सिकाउने चेतावनी समेत दिए ।

नेकपाका अध्यक्ष प्रचण्डले दुई दिन अघि पूर्व राजा ज्ञानेन्द्र शाहलाई निर्मल निवासबाट निष्कासन गर्ने आशयसहितको चेतावनी दिएपछि यतीखेर प्रचण्ड विरुद्ध देशभरका जनता आक्रोशित छन, सामाजिक सञ्जाल फेसबुक, ट्वीटर लगायतमा प्रचण्डको अभिव्यक्ति विरुद्ध जनताहरु आक्रोश पोखिरहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM