Tuesday, June 18, 2024
घरक्राइम चेकप्रचण्डलाई होस् पुर्याएर बोल्न चेतवानी, जनता चुरा लगाएर होइन छुरा लिएर बसेका...

प्रचण्डलाई होस् पुर्याएर बोल्न चेतवानी, जनता चुरा लगाएर होइन छुरा लिएर बसेका छन् : शाह

प्रचण्डलाई होस् पुर्याएर बोल्न चेतवानी, जनता चुरा लगाएर होइन छुरा लिएर बसेका छन्, : शाह
चन्द्रसूर्य समाचारदाता।
वीरगंज, २० श्रावण ।
नेपाल राष्ट्रवाद संघ केन्द्रिय कार्य समिति पर्साले नेकपाका अध्यक्ष प्रचण्डलाई होस् पुर्याएर बोल्न चेतावनी दिएको छ ।
आइतबार एक मन्तव्यका क्रममा प्रचण्डले पूर्व राजा ज्ञानेन्द्र शाहलाई “निर्मल निवासबाट निकाला गर्ने” आशयसहितको अभिव्यक्ति दिएपछि आक्रोशित बनेको नेपाल राष्ट्रवादसंघले प्रचण्डलाई जथाभावी नबर्बराउन चेतावनी सहितको विज्ञप्ति जारी गरेको छ ।
संघका केन्द्रिय अध्यक्ष जनकलाल शाहद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेव तथा मार्यादित राजसंस्था, राजावादीप्रति लक्षित गरि प्रचण्डले दुष्टता पूर्ण शब्द प्रयोग गरेकोमा घोर भत्सर्ना गर्दै आगामी दिनमा यस्ता शब्द प्रयोग नगर्न चेतावनी दिन्छौं ।

विज्ञप्तिमा, आगामी दिनमा पनि यस्ता दोहोरिएमा दश वर्षे जनयुद्धको नाममा पूर्व आतंकवादी प्रचण्डको नेतृत्वमा गरिएको १७ हजार को नर संहार, चोरी, डकैती, अपहरण, लूटपाट, आतंक र हालसम्म भ्रस्टाचार, देशद्रोह लगायतका क्रियाकलाप नेपाली जनताले भुलेका छैनन्, यी यस्ता अपराधको सजाय दिन नेपाली नागरिक स्वतन्त्र छन । त्यस्ता अपराधीलाई देश निकाला मात्र नभई फ़ासीको सजाय दिन पनि जनता स्वतन्त्र छन ।
त्यसैले सारा नेपालीको आस्थाको केन्द्र राजसंस्था र राजपरिवार प्रति अनावश्यक टिका टिप्पणी गर्ने अपराधीहरुलाई तह लगाउन नेपाली जनता चुरा लगाएर नभई छुरा लिएर तयारी अवस्थामा बसेका छन्, भनि उल्लेख गरिएको छ ।
प्रचण्डले राजा ज्ञानेन्द्रलाई निर्मल निवासबाट निकाल्ने अभिव्यक्ति दिएपछि देशभरका नागरिक आक्रोशित छन, सामाजिक सञ्जाल, फेसबुक, ट्वीटर लगायतमा समेत प्रचण्डको अभिव्यक्ति विरुद्ध नागरिकहरूले आक्रोश पोखिरहेका छन ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -