२०८३ जेष्ठ ८ गते, शुक्रबार ०५:३०

बिहारीले नेपाली नागरिकता लिएपछि एक दशकमै ५ अर्बको मालिक,

वीरगंज, १९ साउन ।
केही वर्ष अगाडी वीरगंजको सरावगी ग्रुपमा सामान्य जागिरे प्रवीण कुमार वंका अहिले पाँच सय करोडको मालिक भएको सुन्दा धेरैलाई पत्यार नलाग्न सक्छ ।
भारत बिहारको समस्तीपुर जिल्ला उजियारपुर विधानसभाको दलसिंहसरायको स्थायी बासिन्दा प्रवीण कुमार वंकाले एक दशक भित्र यो मुलुकको नागरिकता हासिल गरेर काठमाण्डौंमा भव्य महल खरिद गरी करोडौंको गाडीमा सयर गरेको देख्दा वीरगंजका रैथाने मारवाडीहरु औला टोक्न थालेका छन् ।
प्रवीण वंका अर्का गैर नागरिक कमल झुनझुनवालाको छोरा अमिन सुमितसंग मिलेर मुलुकको राजश्व लुटेर दिन प्रतिदिन आफु अघि र मुलुकलाई टाट पल्टाउने अभियानमा लागेका छन् । केमिकलको भन्सार दरबन्दी ढाँटेर राता–रात अरबपति बनेका प्रवीण वंकाको सन्दर्भमा यहाँ व्यापारीहरु आश्चर्यचकित भएका छन् । घरमा बाहिर मिटिङ्गमा जादैछु भनेर काठमाण्डौं मै दुई–तीन दिनसम्म भाडाको फ्ल्याटमा साथीहरुसंग मस्ती गर्ने शौकिन मिजाजका वंकासंग चल्तापुर्जा नेपाली मोडेलहरुको मिनी एल्बम गोजीमै रहने गरेको छ ।

(अंकुश दैनिकबाट)

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM