२०८२ माघ २८ गते, बुधबार ०६:१२

गणतान्त्रिक लोकतन्त्रको वास्तविकता

– स्वर्ण शाह
” नेपाललाई बिकसित मुलुक बाट बन्चित गराउने राजतन्त्र हो ” यो वाक्य २०४६ साल अगाडि प्रत्येक नेताहरुको मुखमा झुन्डियको भाषणमा उपयोग हुनै पर्ने साझा वाक्य थियो  । यस्तो लाग्थ्यो राजाले बिकाशलाई समातेर कालकोठरीमा बन्द गरि दिएकोले नेपालमा बिकाश नभएको हो । देश बिकाश गर्ने त काग्रेस र कम्युनिष्ट हो रे, राजा र राजतन्त्र त बिकाशको बाधक हो, यो कुरा नयाँ अनुहारधारी नेताहरुको मुखबाट काठमाडौंको चोक चोकमा, गल्ली गल्लीमा सुनिन्थ्यो । देश बिकाश त गर्न पर्यो भनेर २०४५ सालमा गणेश मान सिहंक‍ो नेतृत्वमा ठूलो आन्दोलन पनि गरियो । आफू परियो जनता, सोझा साजा यो पनि थाहा थिएन काँग्रेस भनेको के हो र कम्युनिष्टण भनेको के हो ? त्यहिपनि लागियो आन्दोलनमा र प्रजातान्त्रिक बहुदलिए ब्यबस्था पनि लेरायौ र बिजयको हर्षोउल्लासका साथ दिपावली पनि मनाईयो ।  तर हामीलाई के थाहा कि यो हाम्रो जित हाम्रो मातृभूमीको पहिलो हार रहेछ । यो नै हाम्रो शान्त, सुन्दर र बिकाशको बाटोमा हिडिरहेको जन्मभूमी माथि देशद्रोहिहरुको पहिलो प्रहार रहेछ ।
हामी जनताहरु त मख्ख थियौ आफुले भोट दिएर जिताई पठाएको प्रधानमन्त्रि र मन्त्रिहरुले अब देश चलाए अब देशले अझ तिब्र गतिमा बिकाशको बाटोमा दौडने छ । तर यो जनताको सपना मात्र सपनैमा सिमित भयो । देशमा कलकारखानाहरु अझै थपिने भयो, नयाँ नयाँ रोजगारीहरु जनताले पाउने भए, नयाँ बाटाघाटाहरु खुल्ने भयो, पुराना बाटोहरु सबै कालोपत्रे हुने भयो, देशमा अझै शान्ति सुरक्षा बड्ने भयो । अझ बहुदलिय ब्यबस्थाको पहिलो प्रधानमन्त्रिले त नेपाललाई सिंगापुर नै बनाई दिन्छु भन्दा त नेपाली जनताहरुको खुशीको सिमा नै थिएन । तर जनताको यो खुशी २ बर्ष पनि टिक्न नपाउदै नेताहरुको असली रुप जनताको अगाडि आउन थाल्यो । जनताहरु अब अाफ्नो राम्रो हुन्छ भनेर राम्ररी सोच्न समेत नपाउदै यहाँ त उल्टै नेताहरुको पो दिन दुई गुना र रात चौगुना  उन्नति हुन थाल्यो जुन आज सम्म कायम नै छ । त्यस पछि शुरु भयो अनेक काण्ड र केस । पजेरो काण्डबाट देश लुट्ने नेताहरुको अभियान शुरु भएको लाउडा केस, सुडान काण्ड हुँदै अहिले फोर जी काण्ड, वाईड बडि काण्ड त के बालुवाटारको सरकारी जग्गा काण्ड सम्म आउदा पनि यिनीहरु अघाएका छैनन् । अब अझ यिनीहरुको के के काण्ड देख्न नेपाली जनताले बाँकि छ त्यो त भबिष्य द्रष्टा शिवजीलाई पनि थाहा छैन होला । यी सब काण्डमा पंचायतीकालमा बनेका सयैं कलकारखानाले आफ्नो अस्थित्व गुमाउन पर्यो र शुरु भयो देशमा रोजगारीको महामारी । यो महामारीले जन्म दियो बैदेशिक रोजगारी । यसले त झन् देशलाई युवा बिहिन बनाएर सम्पूर्ण देशलाई नै खोक्रो बनाईदियो । यो थियो हाम्रो राष्ट्र माथिको अहिले सम्मकै ठूलो प्रहार, नेपाली जनता र नेपाल देशलाई शक्तिबिहिन बनाउने, अपाङ्ग बनाउने, लाचार बनाउने ।
यसरी बिदेशी स्वार्थ अनुरुप हाम्रा नेताहरु आफ्नै देश, अाफ्नो मातृभूमीलाई भित्र भित्रबाट खोक्रो बनाउदै गए तर न कोहि जनताले चुक्क बोले न कुनै नेताहरुले । सब जनता तमासा हेर्दैमा मख्ख भने नेताहरु राष्ट्रवादको नाममा अाफ्नो ढुकुटि भर्नमा लागे, देशकोलागि कोहि चु सम्म पनि बोलेनन् । अब यस्तो अवस्थामा देशको हाल के होला सजिलै अनुमान लगाउन सकिन्छ । तर पनि देश जिबित थियो कारण राजतन्त्र । देशमा राजा हुनजेल राजा मालामा डोरी बसे जसरी बसि जनतामा एकता र देशमा अखण्डतालाई कसैले एक ईन्च पनि हल्लाउन सकेन । हितेसीका नकाब लगाएका हाम्रा शत्रु राष्ट्रहरु नेपाललाई केही गर्न नसके पछि, यो देशलाई टुक्रा टुक्रा पारेर तहस नहस पार्ने खेलमा लागे र जन्म भयो माओवादीको । माओवादीले जन्म दियो हत्या, हिन्सा, अत्याचार, दुराचार तथा अशान्ति र त्राशको । भन्न त माओवाद सर्वहाराको वर्गकोलागि भनियो तर त्यहि सर्वहारालाई दण्ड र मृतु र पुजीपतीलाई चन्दा लिई छोडिदीनी ती माओवादीमा लागेका गरिबहरुले बुझ्न नसक्दा १७ हजार भन्दा बडिले ज्यान गुमाउनु पर्यो । यतिमात्र नभई देश टुक्राउन जात र वर्गिय भावनाको अस्त्र चलाउन थाले र जन्म भयो जातिय र वर्गिय समुहको । यतिमा मात्र यो रोकियन र जन्म भयो संघियताको । अझै पनि यिनीहरुको चाललाई रोकिदियो राजा यानि राजसंस्थाले । यस पछि यी सबै कारणको नतिजा बन्न गयो राजपरिवारको हत्याकाण्ड र दोष आयो राजाका भाई ज्ञानेन्द्र शाहलाई । यो थियो यो देशमा अहिले सम्मकै सबै भन्दा ठूलो प्रहार र चलखेल जसले देश नै अन्धकारमा डुब्यो ।
हाम्रो यो भूमी आफैमा यति शक्तिशाली छ कि यति धेरै प्रहार र काण्डको च‍ोट खाएर पनि यो अझै उठि नै रहेको छ । देशमा यति सम्म गर्दा पनि नेपाल शान्त र सिंगो देशको रुपमा अटल रह्यो । त्यसैले हाम्रा हितेषी दुश्मनहरुको अर्को प्रहार भयो प्रचण्डको हातबाट देशबाट राजतन्त्र हटाई गणतन्त्र लेराउने । यो खेलमा पनि उनिहरु सफल भए । २०६३/६४ को अान्दोलनमा राजाले जनताको चाहना भनेर जनताको नासो जनतालाई फर्काई दिए त्यो पनि बिना रक्तपात हाँसी हाँसी आफ्नो ४५६ बर्ष लाम‍ो अाफ्नो पुर्खाको बिरासत राजगद्दी, श्रीपेच र राजडण्ड जनतालाई नै सुम्पिदिएर अाफु एऊटा साधारण जनता भई यसै देशमा बसि रहे । अब यो थियो हामी सारा नेपाली र हाम्रो देश माथि बिदेशी दुष्मनहरुको हाम्रै नेताहरुबाट गराईएको सबै भन्दा ठूलो कुठाराघाट भनु या आघात ।
अब त राजा पनि छैन र राजसंस्था पनि छैन, भने पछि नेपालको बिकाशको अवरोध त सकियो । अब त देशले बिकाशको बाटो लिन्छ, देशले कोल्टे फेर्छ भनेर नेताहरु र तिनका कार्यकर्ताहरु हर्षले गद गद भएका थिए । तर देश र जनताको बिकाश त कहाँ हो कहाँ नेताहरु र तिनका नातेदार र कार्यकर्ताहरुको पो बिकाश हुन थाल्यो । हिजो च्यातिएको लुगा र नाङ्गो खुट्टा राजधानी छिरेकाहरु राता रात नवधनान्ढयमा परिणत भए । हिजो झुपडिमा बस्ने आज बंगला र महलमा बस्न थाले । देशमा सुरक्षाको नाम मात्र बाँकि रह्यो । समाजमा शान्ति सुरक्षा दिने पुलिसहरु माथि नै आक्रमण हुन थाल्यो । पुलिसहरु आफ्नै रक्षा गर्न नसक्ने अवश्थामा पुगे भने जनताहरुको त के हाल छ अहिले यो हामी सामु छर्लङ्ग छ । सुरक्षाको नाममा एऊटा अबोध बालिकाको बलात्कार गरि निर्मता पुर्वक हत्या हुन्छ र सरकार संग न्याय माग्दा गृहमन्त्रि जस्तोको जवाफ हुन्छ ” देश भित्र यस्ता सानातिना घटनाहरु हुने गर्छ ।” र यसरी चलेको ब्यबस्थालाई नेपालमा लोकतन्त्र भनिन्छ । के यस्तै हुन्छ लोकतन्त्र ? के यस्तै हुन्छ दुई तिहाईको सरकार ? के यसैकोलागि जनताहरुले नेताहरुको साथ दिएका थिए ? हुन त यो देशमा जनताहरु कति नै छ र ? पूरा देश नै दलका कार्यकर्ताले भरिएका छन्। कार्यकर्ताहरु फेरि कस्ता भने नेताका अन्दा भक्त, नेताले जे भने त्यहि सत्य,  जे गर्यो त्यहि सहि, रातलाई दिन भने दिन र दिनलाई रात भने रात । यिनीहरुलाई देशको केहि मतलब छैन, मतलब छ त केवल पार्टिको । यिनीहरुलाई कस्ले भनिदिने कि देश रहे यिनीहरुले राजनिती गर्न पाउलान् तर देशै नरहे के राजनिती गर्ने ? यिनीहरुलाई कस्ले भनिदिने पार्टिको झण्डा भन्दा राष्ट्रको झण्डा ठूलो हो भनेर ? यिनीहरुलाई देश रहोस या नरहोस केहि मतलब छैन तर यिनीहरुको पार्टि, राजनितीक दल भने रहनु पर्यो ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM