Tuesday, May 28, 2024
घरसमाचारनेपालको चिनारी समाप्तितिर

नेपालको चिनारी समाप्तितिर

-स्वर्ण शाह

“भारतखण्डे उत्तरायणे हिमालय तटे स्वर्णभूमी स्वर्गभूमी ।” अर्थात भारतखण्डको काखमा रहेको हिमवतखण्ड नेपाल नै स्वर्णभूमी स्वर्गभूमी हो । यसरी वशिष्ट ऋषिले हिमवतखण्ड नेपालको बारेमा वशिष्ट उपनिषदमा उल्लेख गरेका छन् । यति मात्र कहाँ हो र हाम्रो जन्मभूमी नेपालभूमी वेद, उपनिषद, कयौं पुराण तथा महापुराणहरु देखि लिएर नीतिशास्त्रहरुको जन्मभूमी हो जुन भूमिलाई अनेकौं ऋषिमुनिहरुले आप्mनो तपबाट ज्ञानका सहस्र धारा बगाएर सिन्चित गरेका छन् ।
ऋग वेदमा उल्लेख भए अनुसार नेपालको सप्तगण्डकीमा काश्यप ऋषि र पुलस्त्य ऋषि, कोशी किनारमा कौशिक ऋषि (विश्वामित्र), गोरखामा वेदव्याष, तत्वज्ञानी दार्शनिक राजा जनकको राज्यमा याज्ञवलक्य, गाग्री मैत्रेयी, गण्डकमा वाल्मिकी ऋषि, बागमती किनारमा ने मुनि नामका ऋषि आकुनिले ख्याति कमाएका थिए । तसर्थ वेद, श्रुति, स्मृति तथा योगको ज्ञानले यश क्षेत्रलाई सिंचित गरेको हुनाले विश्वमा नेपाललाई मानव सभ्यताको उद्गम र विश्व सभ्यताको जेष्ठभूमी मानिएको छ ।
यसर्थ नेपालबाट नै मानव सभ्यताको सुरुवात भएको हो । सभ्यता विकाशमा विश्व जगजेष्ठ हिमालय हो । मानव जेष्ठ हाम्रो दर्शन जेष्ठ हो । मनु नेपाल मै जन्मेका हुन, वेद यहि जन्मेका, उपनिषद यहि हाम्रो तराईमा बनेका हुन् । विश्व सभ्यता हाम्रो दर्शनको मूल उद्देश्य हो भनेर योगी नरहरीनाथले यस भूमिको बारेमा वयान गरेका छन् । पृथ्वी पहिले जलमग्न थियो । पछि समय कालान्तरमा पानी सुख्दै पृथ्वीको उत्पति हुँदा सर्वप्रथम निस्किएको टुप्पो नै सगरमाथाको टुप्पो हो भनेर त बिज्ञानले पनि प्रमाणित गरिसकेको छ ।

यो ध्रुवसत्य हो कि नेपाल संसारको सम्पूर्ण देशहरुमा धेरै पुरानो सार्वभौमसत्ता सम्पन्न हिन्दुत्वस्थल हो । जुन समयमा जर्मनी, फ्रान्स, अमेरिका, ईन्डिया, अष्ट्रेलियाजस्ता सैयौं देशहरुकरुो अस्तित्व थिएन सो समयमा अर्थात वि सं १८२५ मा नेपाल भनेर यस भूमिलाई राष्ट्रनिर्माता श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाहले नाम दिएर नेपाल देशलाई जन्म दिएका थिए । पछि गएर नायब बाहदुर शाहको नेतृत्वमा बाईसे चौबिसे राज्य गरेर ५४ वटा भन्दा बढि ससाना हिन्दुराज्यहरुलाई एकीकृत गरि विश्वमा एउटा विशाल हिन्दुअधिराज्य नेपाल बनाएका हुन् ।

तसर्थ नेपाल हिन्दुराज्य होईन कि ६९ वटा भन्दा बढि हिन्दुराज्य मिलेर बनेको एउटा हिन्दुअधिराज्य हो र नेपालका राजा एउटा सामान्य राजा मात्र नभई विश्वको एकमात्र हिन्दु सम्राट हुन् । यस्तो भूमीमा जन्म लिने हामी नेपाली विश्वको सबैभन्दा भाग्यशाली मानव हौं र यसमा दुई मत छैन । यस्तो विश्वको स्वर्ग नेपाल आज यस्तो अवस्थामा पुग्नुमा यसको जिम्मा कस्ले लिने ? हाम्रा देशका नेताहरु या तिनिहरुलाई त्यहाँसम्म पु¥याउने हामी नेपाली ?

यस्तो गौरवमय ईतिहास बोकेको हाम्रो देशलाई राजा महाराजाहरुले सानसँग सम्हालेर राखेका थिए । देशमा राजतन्त्र हुन्जेल हाम्रो देश विश्वको टुप्पोमा थियो भने आज पातालमा पुगेको छ, यसको जिम्मा हाम्रा नेताहरुले लिनै पर्छ । नेताहरु कै कारण हिजो जन्मेको ईन्डियाले हाम्रो देशलाई आज आप्mनो दास बनाएको हामी सामुन्ने छर्लङ्ग छ । अझै लाज पचाएर हाम्रा नेताहरु देशभक्तिको भाषण छाड्दै हिंडेको देख्दा लाग्छ उनीहरु बाहेक अरुलाई त देशको वास्ता समेत छैन । यस्ता द्वैध चरित्र भएका नेताहरु देख्दा यो भन्न गार्हो हुँदैन कि यस्तै अवस्था रहेमा नेपालको अस्तित्व केवल ईतिहासमा मात्र पाईने छ ।

जबदेखि नेताहरुले देश सम्हाले ईन्डियाले चारै तिरबाट जमिन मिचेको मिच्यै छ तर यसको विरोधमा बोल्ने आज सम्म जनताहरुले एक जना पनि नेता देखेनन्, पाएनन् । राजा महाराजाहरुले आप्mनो सिमा रेखाको सुरक्षा यसरी गरेका थिए कि कसैले १ ईन्च जमिन मिच्न सकेका थिएनन् बरु ऊल्टो ४ जिल्ला फिर्ता लेराएर आप्mनो देश प्रतिको जिम्मेवारी र समर्पण प्रमाणित गरेका थिए ।

त्यसैले यो भन्दा गलत हुँदैन कि तपोभूमी नेपालको रक्षा राणाकालीन युग र पंचायती व्यवस्थामा जस्तो बलियो यो बहुदल, लोकतन्त्र र गणतन्त्रमा भएन । किनभने यो भूमिलाई आवाश्यक त केवल राजतन्त्र मात्र हो । यो दिव्यभूमी हो र यसलाई चलाउन दिव्य मानव नै चाहिन्छ अर्थात भगवान बिष्णुको अंश अवतार भूमिपति श्री ५ सरकार अर्थात राजा ।

२०७६ साउन १२ गते प्रकाशित

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -